काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण औपचारिक रूपमा सुरु भएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री बालेन शाहले सोमबार प्रतियोगिताको उद्घाटन गरेका हुन्।
उद्घाटनपछि तेस्रो संस्करणको पहिलो खेल सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच हुँदैछ।
लुम्बिनी लायन्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। कप्तान रोहितकुमार पौडेलले सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।
आठ फ्रेन्चाइज टोली सहभागी एनपीएलको तेस्रो संस्करणमा स्वदेशी तथा विदेशी चर्चित खेलाडीहरूको सहभागिता रहेकाले प्रतियोगिताप्रति क्रिकेटप्रेमीको उत्साह उच्च देखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।