सोमबार, कार्तिक ९,२०८३ 07:07:09
  • सोमबार, कार्तिक ९,२०८३ 07:07:09
Global IME Bank Limited

ग्राउण्ड जिरो : ब्रोकर हाउसमा निराशा, लगानीकर्ता भन्छन्, ‘१० लाखको हल्लाले बजारलाई असर गर्ने भयो’

Bizshala
ग्राउण्ड जिरो : ब्रोकर हाउसमा निराशा, लगानीकर्ता भन्छन्, ‘१० लाखको हल्लाले बजारलाई असर गर्ने भयो’
New Office

–रविन ठकुरी

 

काठमाण्डौ । नेपालीहरूको महान चाड दशैंका कारण बन्द रहेको सेयर बजार आजदेखि खुलेको छ ।  

दशैंपछि सेयरबजारले लय लिन सक्ने आंकलन गरिएको थियो । नेपाल धितोपत्र बोर्डले पूँजीबजार सुधारका निमित्त विभिन्न नीतिहरु ल्याइरहेको छ । सबै कुरा सकारात्मक हुँदाका वाबजुत पनि बजार बढ्न नसक्नुको मुख्य कारण लगानीकर्ताको मनोबल उच्च नहुनु हो ।  

दशैंको लामो विदापछि आज लगानीकर्ताको मनोबल, उनीहरूको बजारप्रतिको धारणा र ब्रोकर हाउसमा भइरहेका छलफल बुझ्न विजशालाको नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ अन्तर्गत हामी अनामनगरका विभिन्न ब्रोकर हाउस पुगेका थियौं ।

हामीले ब्रोकर नम्बर ५७, ३२ र ३४ मा पुगेर लगानीकर्ताबीच भइरहेको मनोविज्ञान बुझ्ने प्रयास गर्यौं । दशैंअघि लगातार ७ कारोबार दिन उकालो लागेको सेयरबजार पहिलो दिनमै नकारात्मक बनेपछि लगानीकर्तामा केही अन्योल र निराशा देखिएको थियो ।

वर्षाको पूर्वानुमानसँगै बजारमा निराशा

ग्राउण्ड जिरोका लागि सबैभन्दा पहिले हामी अनामनगरस्थित ब्रोकर नम्बर ३२ प्रिमियर सेक्युरिटिज पुगेका थियौं ।

बजार खुलेको केही समयमै नेप्से दबाबमा परेपछि त्यहाँ रहेका केही लगानीकर्ता आक्रोशित देखिन्थे । एक लगानीकर्ताले बजार जानाजान झारिएको भन्दै असन्तुष्टि पोखिरहेका थिए ।

विगतमा बाढीपहिरो र भारी वर्षाले बजार मनोविज्ञानमा नकारात्मक असर पारेको अनुभव स्मरण गर्दै अर्को लगानीकर्ताले आगामी दिनको मौसम पूर्वानुमानलाई समेत बजारसँग जोडेर चर्चा गरिरहेका थिए ।

उनले भने, ‘अब चाडबाड सकियो, फेरि पानी पर्ने भयो । बजार पूरै रातो हुने भयो । उता वर्षाले धान बिगार्ने भयो, यता बजार राताम्यै हुने भयो । दशैंअघि लगातार ७ दिन बढेको बजार २०० अंकभन्दा माथि चढ्यो, अहिले फेरि घट्दै छ । घट्दो बजारलाई बैंकिङ समूहले मात्रै थामेको छ ।’

त्यहाँ केही लगानीकर्ताबीच सेयर कारोबारी दीपेन्द्र अग्रवालले कारोबार गर्न नपाएको विषयमा पनि चर्चा भइरहेको थियो ।

अर्का लगानीकर्ताले जानकी फाइनान्सको सेयरमूल्य र लगानीबारे प्रश्न उठाउँदै भने, ‘जेएफएल घटाएर छाडे । उसको १ अर्ब १० करोड लगानी कहाँ गयो ? पहिले १६ प्रतिशत लाभांश दिएको थियो, अहिले १० प्रतिशत दियो ।’

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

बोनस–लाभांशदेखि सिमेन्ट कम्पनीसम्म चर्चा

त्यसपछि हामी अनामनगरस्थित ब्रोकर नम्बर ३४ भिजन सेक्युरिटिज पुग्यौं ।

त्यहाँ लगानीकर्ताबीच दशैंपछि बजार खुले पनि अब तिहारका कारण फेरि बिदा आउने विषयमा चर्चा भइरहेको थियो । कतिपय लगानीकर्ता अब करिब दुई साता मात्रै नियमित कारोबार हुने भन्दै बजारमा सक्रियता पूर्ण रूपमा फर्किन अझै समय लाग्ने बताइरहेका थिए ।

एक लगानीकर्ताले भने, ‘तमोरले ५ प्रतिशत नगद लाभांश दियो, त्यो क्यासको खास अर्थ भएन। १० लाखको हल्लाले बजार घटायो। दशैं सकिए पनि मानिस अझै बजारमा फर्किएका छैनन् । बजार सुनसान छ ।’

अर्का लगानीकर्ताले विभिन्न कम्पनीको बोनस र सेयरमूल्यको चर्चा गर्दै भने, ‘आइसीएफसीले १० प्रतिशत बोनस दियो। सानिमा साह्रै कन्जुस रहेछ । जीभीएल पहिले ४५० रुपैयाँ हाराहारीमा थियो, अहिले ५६० पुग्यो। सय रुपैयाँभन्दा बढी बढ्यो ।’

त्यही क्रममा सिमेन्ट कम्पनीहरूको सेयरमूल्यमा आएको वृद्धिबारे पनि चर्चा भयो ।

एक लगानीकर्ताले भने, ‘शिवम् पहिले ४०० रुपैयाँ थियो, अहिले ७०० हाराहारी पुग्यो । भदौमा पनि ६५० रुपैयाँजति थियो । सरकारले सिमेन्ट उद्योगलाई प्रोत्साहन गर्ने नीति ल्याउने चर्चाले बढेको होला ।’

Garima Development Bank
Bizshala
IME remit

‘१० लाखको हल्लाले बजारलाई असर गर्ने भयो’

ग्राउण्ड जिरोको अन्तिम गन्तव्य थियो, अनामनगरस्थित ब्रोकर नम्बर ५७ आर्यतारा इन्भेस्टमेन्ट एण्ड सेक्युरिटिज ।

त्यहाँ पनि लगानीकर्ताबीच बजारको पछिल्लो चाल र केही कम्पनीको सेयरमूल्य वृद्धिबारे बहस भइरहेको थियो।

एक लगानीकर्ताले भने, ‘दशैंअघि बजार केही बढेको थियो, अहिले फेरि के भइरहेको छ ? जीभीएल पहिले ४५० रुपैयाँ थियो, अहिले ५०० माथि पुगिसक्यो । सिमेन्ट कम्पनी किन यति धेरै बढे ?’

बजार घट्दा अर्का लगानीकर्ता भने आक्रोशित देखिए ।

उनले भने, ‘आज बजार रातो भयो भने भोलि ३२०० पुग्छ भन्ने हल्ला चल्छ । दशैंअघि ७ दिन बढेको बजार अब तीन दिन पानी पर्दैमा घट्ने हो ? १० लाखको हल्लाले बजारलाई असर गर्ने भयो ।’

दशैंपछि खुलेको पहिलो कारोबार दिन बजार सामान्य अंकले घटे पनि ब्रोकर हाउसमा लगानीकर्ताको प्रमुख चासो बजारको आगामी दिशा, वर्षाको प्रभाव, नियामकीय चर्चा, लाभांश र केही कम्पनीको अस्वाभाविक मूल्यवृद्धिमा केन्द्रित देखियो ।

बजारमा कारोबार विस्तारै फर्किए पनि लगानीकर्ताको मनोबल भने अझै पूर्ण रूपमा मजबुत भइसकेको देखिँदैन। चाडपर्व, मौसम, नीतिगत चर्चा र बजारमा फैलिने हल्लाले आगामी केही कारोबार दिन लगानीकर्ताको मनोविज्ञानमा प्रभाव पार्ने संकेत ब्रोकर हाउसका छलफलबाट देखिएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.