काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको खेलमा जनकपुरले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान हरमित सिंहले टस जितेपछि कर्णाली याक्सलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।
यससँगै कर्णालीले प्रारम्भिक इनिङ्समा ठूलो स्कोर खडा गर्ने लक्ष्यसहित मैदानमा उत्रनेछ भने जनकपुर चाँडो विकेट निकालेर खेलमाथि दबाब बनाउने रणनीतिमा हुनेछ।
खेल केही बेरमै सुरु हुनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।