बुधबार, कार्तिक ११,२०८३ 09:53:55
  • बुधबार, कार्तिक ११,२०८३ 09:53:55
Global IME Bank Limited

नेरुडे मिर्मिरे लघुवित्तमा खराब कर्जाको पहाड, एनपीएल २१.७३% हुँदा २ करोड ७९ लाख घाटामा

Bizshala
नेरुडे मिर्मिरे लघुवित्तमा खराब कर्जाको पहाड, एनपीएल २१.७३% हुँदा २ करोड ७९ लाख घाटामा
New Office

काठमाण्डौ ।  नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय अवस्थामा दबाब देखिएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा संस्था नाफाबाट घाटामा गएको छ भने खराब कर्जा अनुपात २१ प्रतिशतभन्दा माथि उक्लिएको छ।

संस्थाले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा २ करोड ७९ लाख ९९ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा संस्थाले ५ करोड ५३ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

एक वर्षको अवधिमै नेरुडे मिर्मिरेको वित्तीय नतिजा ५ करोडभन्दा बढीको नाफाबाट झन्डै २ करोड ८० लाख रुपैयाँ घाटामा झरेको हो।

संस्थाको नाफामा सबैभन्दा ठूलो दबाब खुद ब्याज आम्दानीमा आएको गिरावटले सिर्जना गरेको छ। समीक्षा अवधिमा ब्याज आम्दानी ६० करोड ५ लाख ९० हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ७१ करोड ५० लाख १९ हजार रुपैयाँ थियो।

ब्याज खर्च ३१ करोड १६ लाख ४८ हजार रुपैयाँ रहेको छ। यसका कारण खुद ब्याज आम्दानी घटेर २८ करोड ८९ लाख ४२ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा खुद ब्याज आम्दानी ४० करोड ३२ लाख ९७ हजार रुपैयाँ थियो। यस हिसाबले खुद ब्याज आम्दानी करिब २८ प्रतिशतले घटेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

फी तथा कमिसनतर्फ भने संस्थाले केही सुधार गरेको छ। पहिलो त्रैमासमा खुद फी तथा कमिसन आम्दानी ४ करोड ४५ लाख ६६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ३ करोड ७६ लाख ८८ हजार रुपैयाँ थियो।

तर ब्याज आम्दानीमा आएको गिरावटका कारण कुल सञ्चालन आम्दानी ४४ करोड ९ लाख ८२ हजार रुपैयाँबाट घटेर ३३ करोड ३५ लाख ९ हजार रुपैयाँमा सीमित भएको छ।

कर्जा तथा अन्य नोक्सानीका लागि संस्थाले १० करोड २७ लाख ४१ हजार रुपैयाँ इम्पेयरमेन्ट चार्ज व्यवस्थापन गरेको छ। त्यसपछि खुद सञ्चालन आम्दानी २३ करोड ७ लाख ६८ हजार रुपैयाँमा झरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ३५ करोड २६ लाख १९ हजार रुपैयाँ थियो।

समीक्षा अवधिमा कर्मचारी खर्च २० करोड ७८ लाख ५२ हजार रुपैयाँ रहेको छ भने अन्य सञ्चालन खर्च ५ करोड १४ लाख ३७ हजार रुपैयाँ पुगेको छ।

आम्दानीको तुलनामा सञ्चालन खर्च उच्च हुँदा संस्था ३ करोड ७ लाख २७ हजार रुपैयाँ सञ्चालन घाटामा गएको छ। अघिल्लो वर्षको यही अवधिमा नेरुडे मिर्मिरेले ७ करोड ६० लाख ४१ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो।

Garima Development Bank
Bizshala
IME remit

संस्थाको कुल कर्जामा निष्क्रिय कर्जा अर्थात् एनपीएलको अनुपात २१.७३ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १५.७० प्रतिशत थियो। एक वर्षमै खराब कर्जाको अनुपात ६ प्रतिशत बिन्दुभन्दा बढीले बढेको हो।

एनपीएलमा आएको तीव्र वृद्धिले संस्थाको कर्जा असुली र सम्पत्तिको गुणस्तरमा दबाब बढेको देखाउँछ। यसले आगामी त्रैमासमा समेत प्रोभिजनिङ खर्च र नाफामा प्रभाव पार्न सक्ने देखिन्छ।

घाटामा गएसँगै संस्थाको प्रतिसेयर आम्दानीसमेत ऋणात्मक बनेको छ। पहिलो त्रैमाससम्म वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी ८ रुपैयाँ १ पैसा ऋणात्मक रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८४ पैसा धनात्मक थियो।

असोज मसान्तसम्म संस्थाको प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ४० पैसा रहेको छ।

संस्थाको वितरणयोग्य नाफा पनि ऋणात्मक छ। वित्तीय विवरणअनुसार वितरणयोग्य नाफा १५ करोड ८१ लाख १८ हजार रुपैयाँ ऋणात्मक रहेको छ भने वार्षिकीकरण गरिएको वितरणयोग्य नाफा प्रतिसेयर ४५ रुपैयाँ २५ पैसा ऋणात्मक देखिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.