काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेको हो ।
आज चाँदी प्रतितोला ३ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ३ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।