काठमाण्डौ । मारिकोको बेबी केयर ब्रान्ड प्यारासुट एडभान्स्ड बेबीले सामाजिक संस्था एक एक पाइलासँगको सहकार्यलाई निरन्तरता दिएको छ।
सहकार्यअन्तर्गत काठमाडौं उपत्यकाका विभिन्न सरकारी तथा निजी अस्पतालमा जन्मिएका नवजात शिशु तथा साना बालबालिकाको हेरचाहमा सहयोग पुर्याइने कम्पनीले जनाएको छ।
पछिल्लो चरणमा प्यारासुट एडभान्स्ड बेबीले उपत्यकाका विभिन्न अस्पतालमा १५ हजार थान बेबी केयर उत्पादन वितरण गरेको छ। त्यसमा रिफ्रेशिंग पाउडर, नरिशिंग क्रिम र नरिशिंग सोप प्रत्येकका ५ हजार थान रहेका छन्।
कम्पनीका अनुसार शिशु जन्मिएपछिका सुरुवाती दिनमा परिवारलाई आवश्यक हेरचाह सामग्री उपलब्ध गराउनुका साथै नवजात शिशुको संवेदनशील छालाको उचित स्याहारबारे जनचेतना बढाउनु कार्यक्रमको मुख्य उद्देश्य हो।
एक एक पाइलाका व्यवस्थापक अशोक पाण्डेले सहकार्यका कारण विभिन्न अस्पतालमा पुगेर परिवारसम्म बेबी केयर सामग्री पुर्याउन सहज भएको बताए। यसले नवजात शिशुको उचित हेरचाहबारे अभिभावकमा सचेतना बढाउन सहयोग पुगेको उनको भनाइ छ।
मारिकोले पनि नवजात शिशुको हेरचाहमा अभिभावकलाई प्रारम्भिक चरणदेखि नै सहयोग गर्ने उद्देश्यले सहकार्यलाई निरन्तरता दिएको जनाएको छ।
कम्पनीका अनुसार प्यारासुट एडभान्स्ड बेबीका उत्पादन नवजात शिशुको संवेदनशील छालालाई लक्षित गरी तयार गरिएको हो। यसको उत्पादन श्रृंखलामा नरिशिंग क्रिम र लोशन, टियर-फ्री श्याम्पू, भिटामिन ई र एफयुक्त मसाज तेल, रिफ्रेशिंग पाउडर, नरिशिंग सोप तथा आल्मोन्ड मिल्क र ओलिभ ओइलयुक्त जेन्टल वाइप्स समावेश छन्।
प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीचको सहकार्य आगामी दिनमा पनि काठमाडौं उपत्यकाका सरकारी तथा निजी अस्पतालमा निरन्तर रहने कम्पनीले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।