बुधबार, माघ २३,२०८१ 12:42:03
IME remit
  • बुधबार, माघ २३,२०८१ 12:42:03
IME remit
Global IME Bank Limited

५०% हाइड्रो कम्पनी घाटामा, अप्पर तामाकोशीले मात्रै व्यहोर्‍यो १ अर्ब नोक्सानी

Hyundai Nepal
५०% हाइड्रो कम्पनी घाटामा, अप्पर तामाकोशीले मात्रै व्यहोर्‍यो १ अर्ब नोक्सानी
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत हाइड्रोपावर कम्पनीमध्ये ५० प्रतिशत कम्पनी घाटामा छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रिर्पोट सार्वजनिक गरेका ८९ हाइड्रोपावर कम्पनीमध्ये चैत मसान्तसम्म ४५ वटा हाइड्रो कम्पनी घाटामा छन् । सूचीकृत ९१ वटा हाइड्रो कम्पनीमध्ये चिरख्वा हाइड्रो र अप्पर लोहरे खोलाले अझैपनि वित्तीय विवरण सार्वजनिक गरेका छैनन् । 

चालु आवको नौ महिनासम्ममा ४४ वटा हाइड्रोपावर कम्पनीले भने नाफा कमाएका छन् । नाफामा उक्लिएका ४४ हाइड्रोपावर कम्पनीले सो अवधिसम्म ३ अर्ब ५५ करोड १६ लाख रुपैयाँ नाफा कमाएका छन् । गत आवको यस अवधिसम्म भने ४९ वटा हाइड्रो कम्पनी नाफामा थिए । बाँकी ३९ वटा जलविद्युत कम्पनीले मात्रै घाटा ब्यहोरेका थिए । नाफामा रहेका ४९ वटा हाइड्रो कम्पनीले गत आवको यस अवधिसम्म ३ अर्ब ९९ करोड ४६ लाख रुपैयाँ नाफा कमाएका थिए । 

गत आवको तुलनामा घाटा ब्यहोर्ने कम्पनीको संख्या झनै थपिएको छ । जलविद्युत क्षेत्रमा हाइड्रो कम्पनीको विद्युत बिक्री आम्दानी राम्रो हुन नसक्दा यसको प्रत्यक्ष असर कम्पनीको खुद नाफामा देखिएको हो । हाइड्रो सेक्टरमा आम्दानी भन्दा बढी खर्च हुने भएकाले कम्पनीहरुले भनेजस्तो नाफा कमाउन सकिरहेका छैनन् । कम्पनीहरुको मुख्य आम्दानीको स्रोत विद्युत बिक्री आम्दानीमा नै सुधार हुन नसक्दा नाफाको अवस्था ऋणात्मक बन्न पुगेको छ । धेरैजसो हाइड्रो कम्पनीहरुको आम्दानी सिजनअनुसार घटबढ हुने देखिएकोले नाफा आर्जन हुनुको साटो घाटा ब्यहोर्नुपर्ने अवस्था देखिएको छ ।

वर्षा सिजनमा पर्याप्त विद्युत उत्पादन हुँदा आम्दानीमा केही सुधार देखिएपनि सुख्खा सिजनमा हाइड्रो कम्पनीको आम्दानी ठप्प जस्तै छ । जलविद्युत कम्पनीहरुबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणले पर्याप्त मात्रामा खरिद नगर्दिने अवस्था छ । साथै कम्पनीहरुको आम्दानीले सञ्चालन वा वित्तीय खर्च समेत धान्न नसक्ने अवस्था आउँदा ५० प्रतिशतभन्दा बढी कम्पनीले घाटा ब्यहोर्नुपरेको हो । यसकारण केही वर्षयता हाइड्रो सेक्टरका कम्पनीहरुले आफ्ना सेयरधनीहरुको हात समेत खाली बनाइरहेको अवस्था छ । विजुली बेचेर नाफा कमाउन नसक्दा धेरैजसो हाइड्रो कम्पनीको अंकित सेयरमूल्य भन्दा नेटवर्थ कम भएको देखिन्छ । 

साथै सूचीकृत हाइड्रो कम्पनीहरुमा केही कम्पनीका आयोजनाहरु निर्माणकै क्रममा छन् । यसले कम्पनीको आम्दानी भन्दा बढी वित्तीय खर्च चुलिन जान्छ, जसकारण नाफा कमाउनुको सट्टा हाइड्रो कमपनी घाटा ब्यहोर्ने अवस्थामा पुगेका छन् । 

कुनले कति नाफा कमाए ? 

चालु आवको तेस्रो त्रैमाससम्ममा ८९ वटा हाइड्रोपावर कम्पनीले वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । जसमा ४४ वटा कम्पनी नाफामा छन् भने ४५ वटा कम्पनी घाटामा छन् । नाफामा रहेका कम्पनीमध्ये सर्वाधिक साहस उर्जाले ४७ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको नाफा गत आवको तुलनामा ८०.३६ प्रतिशतले बृद्धि भएको छ । गत आवको यसै अवधिसम्म सो कम्पनीले जम्मा २६ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको थियो । 

Bizshala
CG Motors
Sagarmatha Cement

त्यस्तै, दोस्रोमा चिलिमे हाइड्रोपावरले ४७ करोड ९ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा १०.९७ प्रतिशतले कम हो । गत आवको यस अवधिसम्म उक्त कम्पनीले ५२ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, तेस्रोमा सानिमा माई हाइड्रोले ३१ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको छ । चौथोमा माउन्टेजन इनर्जीले ३० करोड ९१ लाख, पाँचौमा ग्रीन भेन्चर्स २६ करोड ४ लाख, माण्डू हाइड्रोले २२ करोड १५ लाख रुपैयाँ र बुटवल पावरले १८ करोड रुपैयाँ नाफा कमाएका छन् । यसका साथै भिजन लुम्बिनी उर्जाले ११ करोड ८० लाख, सिनर्जी पावरले ९ करोड ९८ लाख, राधी विद्युतले ९ करोड ३१ लाख, सुपर मादी हाइड्रोले ९ करोड २ लाख, युनिभर्सल पावरले ७ करोडढ ४७ लाख, कालिका पावरले ७ करोड १६ लाख, विन्ध्यबासिनीले ७ करोड ११ लाख र रुरु जलविद्युतले ६ करोड ८५ लाख रुपैयाँ नाफा कमाएका छन् । 

सो अवधिसम्म ४५ वटा हाइड्रो कम्पनी घाटामा रहेका छन् । सबैभन्दा बढी घाटा ब्यहोर्नेमा अप्पर तामाकोशी रहेको छ । कम्पनीले १ अर्ब ३९ करोड रुपैयाँ घाटा ब्यहोरेको छ । यसका साथै अरुण काबेली पावरले ३४ करोड १३ लाख, त्रिशुली जलविद्युतले ३० करोड ६४ लाख, बलेफी हाइड्रोले २६ करोड ८५ लाख, मोदी इनर्जीले २६ करोड १९ लाख र सिंगटी हाइड्रोले २३ करोड ३ लाख रुपैयाँ भन्दा बढी घाटा ब्यहोरेका छन् । 

१५% ले बढ्यो विद्युत बिक्री आम्दानी

सर्वाधिक अप्पर तामाकोशीले बेच्यो चालु आवको तेस्रो त्रैमाससम्म हाइड्रो कम्पनीहरुको विद्युत बिक्री आम्दानी १५.६५ प्रतिशतले बढेको छ । चैत मसान्तसम्म जलविद्युत कम्पनीहरुले २५ अर्ब १९ करोड रुपैयाँ बराबरको बिजुली बेचेका छन् । गत आवको यस अवधिसम्म जलविद्युत कम्पनीहरुले २१ अर्ब ७९ करोड रुपैयाँ बराबरको बिजुली बेचेका थिए । चालु आवको नौ महिनामा सबैभन्दा बढी अप्पर तामाकोशी हाइड्रोपावरले ६ अर्ब ५३ करोड रुपैयाँको बिजुली बिक्री गरेर आम्दानी गरेको छ ।

कम्पनीको यस्तो आम्दानी गत आवको तुलनामा ५.७४ प्रतिशतले बृद्धि भएको छ । गत आवको यस अवधिसम्म अप्परको यस्तो आम्दानी ६ अर्ब १७ करोड रुपैयाँ रहेको थियो । कम्पनीले विद्युत बिक्रीबाट उत्कृष्ट आम्दानी गरेपनि सो अवधिसम्म १ अर्ब रुपैयाँ भन्दा बढी नोक्सानी ब्यहोरेको छ । तर विद्युत बिक्री आम्दानीमा सुधार देखिएसँगै कम्पनीले नोक्सानी घटाएको छ । गत वर्षको यस अवधिसम्म अप्पर तामाकोशी २ अर्ब २ करोड ३४ लाख रुपैयाँ घाटामा रहेको थियो । 

कम्पनीले यस अवधिसम्म ६१ करोड रुपैयाँ भन्दा बढी नोक्सानी घटाएको छ । त्यस्तै, बिजुली बेचेर दोस्रो बढी आम्दानी गर्नेमा साहज उर्जा रहेको छ । कम्पनीले सो अवधिसम्म २ अर्ब २ करोड रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ । 

यसका साथै ग्रीन भेन्चरले पनि १ अर्ब १८ करोड रुपैयाँ विद्युत बिक्री गरेर आम्दानी गरेको छ । त्यस्तै, अपि पावरले ९५ करोड १८ लाख, सुपर मादीले ९४ करोड ५५ लाख, माउन्टेन इनर्जीले ८७ करोड १ लाख, चिलिमेले ७८ करोड २५ लाख रुपैयाँ र बलेफी हाइड्रोले ६९ करोड ९० लाख रुपैयाँ बिद्युत बिक्री गरेर आम्दानी गरेको छ ।

 ईपीएसमा को अघि ?

 तेस्रो त्रैमाससम्म सबैभन्दा बढी प्रतिसेयर आम्दानी (ईपीएस)माण्डू हाइड्रोको २१.६६ रुपैयाँ छ । 

त्यस्तै, रु रु जलविद्युत कम्पनीको १८.५४ रुपैयाँ, साहज उर्जाको १८.२२ रुपैयाँ, भगवती हाइड्रोको १५.७५ रुपैयाँ, कुथेली बुखरीको १५.६१ रुपैयाँ, नेपाल हाइड्रो डेभलोपर्सको १३.९७ रुपैयाँ, माउन्टेन इनर्जीको १३.६६ रुपैयाँ, दिव्यशोरी हाइड्रोको ११.७२ रुपैयाँ, सुपर माई हाइड्रोको ११.३७ रुपैयाँ र कालिका पावरको १०.९४ रुपैयाँ रहेको छ । चालु आवको तेस्रो त्रैमाससम्म ४७ वटा हाइड्रोपावरको ईपीएस धनात्मक छ भने ४२ वटा हाइड्रोको ईपीएस ऋणात्मक रहेको छ । 

सर्वाधिक माया खोला हाइड्रोको ईपीएस २२.६५ रुपैयाँ ऋणात्मक छ । त्यस्तै, शिव श्री हाइड्रोको २०.०२ रुपैयाँ, बलेफी हाइड्रोको १९.५८ रुपैयाँ, हिमालयन पावर पार्टनर १८.९१ रुपैयाँ, त्रिशुली जल विद्युतको १६.५४ रुपैयाँ, मनकामना इन्जिनियरिङको १५.६५ रुपैयाँ र राप्ती हाइड्रोको १४.६३ रुपैयाँ ऋणात्मक छ ।

 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.