मंगलवार, असार १७,२०८२ 06:31:40
  • मंगलवार, असार १७,२०८२ 06:31:40
Global IME Bank Limited

ब्रोइलर कुखुराबाट हल्ला फैलिए जस्तो मानिसमा रोग सर्दैन: नेपाल भेटेरिनरी एशोसिएशन

Hyundai Nepal
ब्रोइलर कुखुराबाट हल्ला फैलिए जस्तो मानिसमा रोग सर्दैन: नेपाल भेटेरिनरी एशोसिएशन
Nabil Bank Limited

काठमाण्डौ। विभिन्न सामाजिक सञ्जालमा हल्ला फैलिए जस्तो ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्न सक्ने तथ्यमा कुनै सत्यता नरहेको नेपाल भेटेरिनरी एशोसिएशनले स्पष्ट पारेको छ । एशोसिएशनले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो ।  

एशोसिएशनका अध्यक्ष डा. रामकृष्ण खतिवडा र महासचिव डा. केदार सुवेदीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा सामाजिक ‘सञ्जालमा ब्रोइलर कुखुरामा लागेको रोग मानिसमा पनि देखापरेको छ’ भन्ने भनाइमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् ।  

केही व्यक्तिले वैज्ञानिक तथ्य र कारणबिना नै सामाजिक सञ्जालमा भ्रामक फोटो पोष्ट गरी जनमानसमा त्रास सिर्जना गरेको र यसप्रति गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

CG Motors
Muktinath Bikas Bank Limited

‘बोइलर कुखुराको मासु सेवनबाट बजारमा हल्ला फैलिए जस्तो कुनै पनि रोग मानिसमा सर्दैन,’ विज्ञप्तिमा भनिएको छ । यस्ता नकारात्मक र गलत जानकारीमा विश्वास नगर्न पनि एशोसिएशनले आग्रह गरेको छ ।

भ्रामक र अवैज्ञानिक जानकारीलाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने काम तत्काल बन्द गर्न र गलत जानकारी प्रवाह गर्ने व्यक्तिलाई तत्काल कारबाही गर्न पनि एशोसिएशनले माग समेत गरेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.