काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेडले सेवाग्राहीलाई डिम्याट खाताको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको छ। कम्पनीले मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक र लुम्बिनी विकास बैंकका शाखा कार्यालयहरुमार्फत हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको हो।
हितग्राही खातावालाहरुले असार मसान्तभित्र वार्षिक सञ्चालन शुल्क १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने छ। खातावालाहरुले मुक्तिनाथ क्यापिटल ,मुक्तिनाथ बैंक वा लुम्बिनी विकास बैंक मध्ये आफूला्रई पायक पर्ने नजिकको शाखा कार्यालयमा सम्पर्क गरी शुल्क बुझाउन सक्नेछन् । मेरो सेयर प्रयोगकर्ताहरुले मेरोसेयर प्रोफाइल लग इन गरी उपलब्ध विभिन्न विभिन्न विद्युतीय भुक्तानीका माध्यमहरुबाट समेत भुक्तानी गर्न सक्नेछन् ।
वार्षिक शुल्क भुक्तानी नगरेका हितग्राहीहरुको खाता उक्त शुल्क भुक्तानी नगरेसम्मका लागि फ्रिज गरिने र मेरोसेयर समेत निष्क्रिय गरिने कम्पनीले जनाएको छ ।