शनिबार, असार १४,२०८२ 11:25:20
  • शनिबार, असार १४,२०८२ 11:25:20
Global IME Bank Limited

नेपाल रि इन्स्योरेन्सबाट धमाधम पुराना संस्थापक सेयरधनी बाहिरिँदै, क–कसले बेचे सेयर ?

Hyundai Nepal
नेपाल रि इन्स्योरेन्सबाट धमाधम पुराना संस्थापक सेयरधनी बाहिरिँदै, क–कसले बेचे सेयर ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई चुक्तापुँजी बढाउन दिएको निर्देशनले नेपाल पुनर्बीमा कम्पनीबाट धमाधम पुराना संस्थापक सेयरधनीहरु बाहिरिएका छन् ।

बीमा प्राधिकरणले २०७८ साल चैत मसान्तमा जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब चुक्तापूँजी पुर्याउन निर्देशन दिएको थियो ।  

चुक्तापूँजी बढाउने दौडधुपमा निर्जीवनतर्फ १२ वटा र जीवनतर्फ ९ वटा बीमकले मर्जरको बाटो रोजेका थिए । बाँकी अन्य कम्पनीले भने अरु नै माध्यमबाट पूँजी बढाउन प्रयास गरेका थिए ।  

मर्जरमा नगएका केही निर्जीवन बीमा कम्पनीले भने पूँजी बढाउने प्रयोजनकै लागि आफ्नो नाममा रहेको नेपाल रि इन्स्योरेन्सको सेयर धमाधम बेचेका छन् ।  

तर पूँजी बढाउने अनेकन प्रयास गरेपनि केही कम्पनीको अझै पनि प्राधिकरणले तोकेको न्यूनतम चुक्तापूँजी पुगेको छैन । विशेषगरी निर्जीवनतर्फ केही कम्पनीको चुक्तापूँजी साढे २ अर्ब पुग्न सकेको छैन ।  

नेपाल पुनर्बीमा कम्पनीबाट चालु आर्थिक वर्षमा मात्रै ९ संस्थापक सेयरधनी बाहिरिसकेका छन् । नेपाल रि मा एक वा सो भन्दा बढी सेयर स्वामित्व रहेका संस्थापक सेयरधनीहरुमा अधिकांश निर्जीवन बीमकहरु छन् वा थिए ।  

हालसम्म बीमा कम्पनीहरुमा हिमालयन एभरेष्ट इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, युनाइटेड अजोड, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आफ्नो नाममा रहेको नेपाल रि को सेयर बेचेर बाहिरिसकेका छन् ।  

त्यस्तै, अन्य कम्पनीमा विशाल ग्रुप, हाथवे इन्भेष्टमेन्ट लिमिटेड, र आइएमई लिमिटेडले पनि आफ्नो नामको सेयर यस वर्षभित्र बिक्री गरिसकेका छन् । यसरी नेपाल पुनर्बीमा कम्पनीबाट धमाधम पुराना संस्थापक सेयरधनीहरु बाहिरिएसँगै सेयर लगानीकर्ताहरुले कम्पनीको क्षमतामाथि अड्लबाजी लगाइरहेका छन् ।  

नेपाल रि इन्स्योरेन्सले लगातार लाभांशदर घटाउँदै आएकाले पुराना संस्थापक सेयरधनीहरु कम्पनीबाट बाहिरिन थालेको लगानीकर्ताहरुको भनाई छ । हिमालयन रि इन्स्योरेन्स कम्पनी सञ्चालनमा आइसकेपछि नेपाल पुनर्बीमा कम्पनीको व्यवसाय खोसिएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

पछिल्लो तथ्याङ्क हेर्दा पनि नेपाल रि को तुलनामा हिमालयन रि इन्स्योरेन्सले उत्कृष्ट मुनाफा आर्जन गरेको देखिन्छ । तुलनात्मक रुपमा नेपाल रि भन्दा हिमालयन रि को वित्तीय अवस्था बलियो हुँदै गएपछि सेयर लगानीकर्ताहरुले नेपाल रि बाट भनेजस्तो लाभांश नपाउने अनुमान लगाउन थालिसकेका छन् । जसकारण पुराना संस्थापक सेयरधनीहरुले आफ्ना नाममा रहेको नेपाल रि को सेयर धमाधम बिक्री गरेका छन् ।  

बजार जानकार हरि बहादुर केसीले धितोपत्र बजार पूँजीकरणमा रहेको कम्पनीको हिस्साअनुसार लाभांशदर कम हुँदै जाँदा संस्थापक सेयरधनीहरु समेत बाहिरिन थालेको बताए ।  

बीमा कम्पनीहरुको हकमा पुँजी बढाउन नेपाल रि को सेयर बिक्री खोजिएपनि विशाल ग्रुप, आइएमई ग्रुप जस्ता कम्पनीहरुले पनि आफ्नो नामको सेयर बेचेका छन् ।

यसका साथै प्राधिकरणले तोकेको चुक्तापूँजी पुगिसकेका आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि आफ्नो स्वामित्वको सेयर बिक्री गरिसकेका छन् । पूँजी बढाउनै नपर्ने बीमकले समेत आफ्नो स्वामित्वको सेयर बिक्री गर्न थालेपनि सेयर लगानीकर्ताहरुले नेपाल रि मा लगानी गर्दा प्रतिफल नपाउने अड्कल लगाउन थालेका छन् ।  

नेपाल पुनर्बीमा कम्पनीमा नेपाल सरकारसँगै अधिकांश बीमा कम्पनीहरु संस्थापक सेयरधनीहरु छन् । सरकार र बीमा कम्पनीसँगै अन्य कम्पनीको गरी ८४ प्रतिशत र सर्वसाधारणको १६ प्रतिशत सेयर होल्डिङ रहेको छ ।  

यसअघि चुक्तापूँजी बढाउनकै लागि सबैभन्दा पहिला नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले आफ्नो नामको सेयर बिक्री गरेका थिए । प्रभु इन्स्योरेन्सले बेचेको २० लाख कित्ता बढी सेयर एशियन लाइफ इन्स्योरेन्सले खरिद गरेको थियो ।  

त्यस्तै, नेपाल इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको १९ लाख ७९ हजार कित्ता सेयर बिक्री गरेकोमा हिमालयन लाइफ इन्स्योरेन्सले खरिद गरेको थियो ।  

यसका साथै विशाल ग्रुपले दुईपटक लिलामीमा ल्याएको नेपाल रि को सेयर केही प्रतिशत एशियन लाइफ र केही प्रतिशत पशुपति मुरारको सुप्रिम सिमेन्टले उठाएको थियो ।  

साथै हिमालयन एभरेष्ट इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सले पनि केही समयअघि मात्रै आफ्नो नाममा रहेको नेपाल रि इन्स्योरेन्सको सेयर बिक्रीमा राखेको थियो । यता आइएमई लिमिटेड, हाथवे इन्भेष्टमेन्ट कम्पनीले केही प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेनस र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि आफ्नो नामको नेपाल रि को सेयर बिक्री गरेका छन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.