शुक्रबार, पुष १२,२०८१ 06:57:44
IME remit
  • शुक्रबार, पुष १२,२०८१ 06:57:44
IME remit
Global IME Bank Limited

हरेक वर्ष एक करोड बढीको छात्रवृत्ति दिने कलेज

Hyundai Nepal
हरेक वर्ष एक करोड बढीको छात्रवृत्ति दिने कलेज
Nabil Bank Limited

काठमाण्डौ । सन् १९९४ देखि सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले हरेक वर्ष १ करोड बढीको छात्रवृत्ति नै दिने गरेको छ । चाँगुनारायण भक्तपुरमा अवस्थित कलेजले यस्तो दाबी गरेको हो ।  

यस कलेजमा इन्जिनियरिङ विधाका स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन÷अध्यापन हुने गरेको छ । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा स्थापित कलेजले हरेक वर्ष एक करोड बढीको छात्रवृत्ति नै दिने गरेको जनाएको छ ।  

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरु मध्येकै उत्कृष्ट कलेजका रुपमा परिचित नेपाल इन्जिनियरिङ कलेजले प्रयोगात्मक शिक्षण विधिलाई प्राथमिकताका साथ अङ्गालेको कलेजका कार्यवाहक प्रिन्सिपल एशोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारीको दाबी छ । यसका साथै, कलेजले विद्यार्थीहरुलाई इन्टरनेशनल एक्सपोज दिन युरोप, अस्ट्रेलिया, जापानका प्रतिष्ठित कलेज र विश्वविद्यालयसँग विद्यार्थी तथा फ्याकल्टी एक्सचेन्ज कार्यक्रममा सहकार्य गरेको छ । ‘हामीले यहाँ पढ्ने विद्यार्थीलाई इन्टरनेशनल एक्सपोजको सुविधा दिएका छौं । हरेक वर्ष विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्तिमा युरोप, जापान लगायत विश्वका उत्कृष्ट कलेजमा अध्ययन गर्न पठाइन्छ ।’ कार्यवाहक प्रिन्सिपल भण्डारी जिकीर गर्छन ।  

विद्यार्थीले कुनैपनि बेला आफ्ना शैक्षिक समस्याहरु फ्याकल्टीहरुसँग सोध्न सकुन् भनेर कलेजले पूर्णकालिन फ्याकल्टीहरुको व्यवस्था गरेको छ । ‘कुनैपनि विषयगत विषयमा विद्यार्थीले जुनसुकै बेला आफ्ना शिक्षकहरुसँग निर्धक्क जिज्ञासा र समस्या राख्न पाउनुपर्छ । अनी मात्र उसले चाहेको ज्ञान हासिल गर्न सक्छ । हामीसँग करिब ९० प्रतिशत अर्थात् १२० जनाभन्दा बढी अनुभवी शिक्षकहरु हुनुहुन्छ,’ कार्यवाहक प्रिन्सिपल भण्डारी भन्छन्।

त्यस्तै कलेजले दिने छात्रवृत्ति अर्को आकर्षण हो । पोखरा विश्वविद्यालयले प्रदान गर्ने १० प्रतिशत विद्यार्थी छात्रवृत्तिसँगै कलेजले हरेक वर्ष विभिन्न शिर्षकमा लगभग १०० जना विद्यार्थीलाई छात्रवृत्ति दिने गरेको छ । कार्यवाहक प्रिन्सिपल भण्डारीका अनुसार कलेजले स्थानीय नागरिकका छोराछोरीलाई इन्जिनियरिङ शिक्षामा अवसर दिन चाँगुनारायण नगरपालिका मार्फत छात्रवृत्ति प्रदान गरिरहेको छ ।

कलेज सञ्चालन बोर्ड छात्रवृत्ति, प्रादेशिक छात्रवृत्ति, प्रवेश परीक्षा उत्कृष्ट छात्रवृत्ति लगायत विभिन्न छात्रवृत्तिहरु कलेजमा छ । यसका अलावा सेमेष्टर टपर लगायतलाई पनि छात्रवृत्ति उपलब्ध गराइएको छ । ‘इन्जिनियरिङ शिक्षामा सबैको पहुँच पुगोस भनेर हामीले अधिकतम छात्रवृत्ति दिने गरेका छौं । शुल्कको कुरा गर्दा अन्य कलेजहरुको दाँजोमा हामीले कमै शुल्क लिइरहेका छौं ।’ कार्यवाहक प्रिन्सिपल भण्डारी बताउँछन् ।  

Bizshala
Shivam Cement
CG Motors

स्थापनाको तीसौं वर्षमा पुग्दै गर्दा कलेजबाट दशौं हजार दक्ष जनशक्ति उत्पादन भइसकेका छन् । कलेजले उत्पादन गरेका दक्ष जनशक्ति अहिले नेपाल सरकारका उच्च ओहदा, निजी तथा गैरसरकारी संस्थामा कार्यरत मात्र छैनन् विश्वका विभिन्न देशहरुका प्रतिष्ठित कलेज, विश्वविद्यालय र व्यवसायीक प्रतिष्ठानहरुमा कार्यरत छन् । स्थापनाकालदेखि आज पर्यन्त कलेजले क्वालिटी एजुकेशनमा सदैव जोड दिँदै आइरहेकोले इन्जिनियरिङ कलेजहरुको अनुगमन, नियमन गर्ने नेपाल इन्जिनियरिङ काउन्सिलले स्थायी प्रमाणपत्र दिएको छ । परिषद्ले इन्जिनियरिङ कलेजहरुको शैक्षिक, भौतिक र प्रशासनिक अनुगमन गरेर स्थायी र अस्थायी प्रमाणपत्र दिने गरेको छ । नेपाल इन्जिनियरिङ कलेज, पुल्चोक क्याम्पस लगायत केही समिति इन्जिनियरिङ कलेजहरुसँग मात्र स्थायी प्रमाणपत्र छ ।

पछिल्लो समय नेपाल इन्जिनियरिङ कलेज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको सञ्चालन समिति मार्फत सञ्चालनमा छ । कलेजका तत्कालिन सञ्चालकहरु मध्ये लम्बोदर न्यौपानले कलेजको करोडौं सम्पत्ति अपचलन गर्दै एकल सम्पत्ति बनाउने प्रयास गरेपछि सरकारले नै हज्जारौं विद्यार्थी, शिक्षक र कर्मचारीहरुको भविष्य जोडिएको कलेज बचाउनु पर्दछ भनेर सरकारले नै नयाँ सञ्चालक समिति गठन गरेको हो ।

कलेजमा स्नातक तह तर्फ सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रुलर इन्जिनियरिङ, कम्प्युटर साइन्स एन्जिनियरिङ, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ, इलेक्ट्रोनिक्स एण्ड कम्युनिशेकन इन्जिनियरिङ तथा विई सिभिल फर डिप्लोमा होल्डर्सको अध्यापन हुने गरेको छ । स्नातकोत्तर तहमा ललितपुरको प्रयागपोखरी स्थित नेक–सिपिएसमा कन्ट्रक्सन म्यानेजमेन्ट, इन्टरडिस्प्लिनरी वाटर रिसोर्स म्यानेजमेन्ट, नेचुरल रिसोर्स म्यानेजमेन्ट र ट्रान्सपोर्टेशन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको अध्यापन हुने गरेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.