आईतवार, भाद्र २३,२०८१ 06:00:46
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 06:00:46
IME remit
Global IME Bank Limited

एलन मस्क पुनः बने विश्वकै धनी व्यक्ति, एशियामा भने मुकेश अम्बानीको दबदवा कायमै

Hyundai Nepal
एलन मस्क पुनः बने विश्वकै धनी व्यक्ति, एशियामा भने मुकेश अम्बानीको दबदवा कायमै
Nabil Bank Limited

काठमाण्डौ । एलन मस्क पुनः विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । केहि दिनअघि मात्रै विश्वको धनाढ्यको सूचीमा दोस्रो स्थानमा झरेका मस्कले पुनः शीर्ष धनाढ्यको ताज हासिल गरेका हुन् ।  

मस्कले जेफ बेजोसलाई पछि पार्दै यो उपलब्धि हासिल गरेका हुन् । सम्पत्तिमा आएको उछालका कारण मस्कले बेजोसलाई पछि पारेका हुन् । मस्कको सम्पत्ति ६.७४ अर्ब डलरले बढेको छ । ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार मस्कको कुल सम्पत्ति २१० अर्ब डलर पुगेको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विश्व धनाढ्यको सूचीको दोस्रो स्थानमा रहेका जेफ बेजोसको सम्पत्ति भने २०७ अर्ब  डलर रहेको छ । ब्लुमबर्गको रिर्पोटका अनुसार विश्वका शीर्ष १० धनाढ्यको सूचीमा ३ जना अरबपति २ सय अर्ब डलर क्लबमा समावेश छन् । एलन मस्कको कुल सम्पत्ति २१० अर्ब डलर,जेफ बेजोसको २०७ अर्ब डलर र फ्रान्सेली धनाढ्य बनार्ड अर्नल्टको कुल सम्पत्ति २ सय अर्ब डलर छ ।  

विश्वको चौथो धनाढ्य मार्क जुरबर्गको कुल सम्पत्ति १८० अर्ब डलर छ । त्यस्तै ल्यारी पेज १५८ अर्ब डलर सम्पत्तिका साथ धनाढ्यको सूचीको ५ औं स्थानमा छन् ।  

एशिया महादेशको सबेभन्दा धनी व्यक्तिको स्थानमा भने भारतीय धनाढ्य मुकेश अम्बानी यथावत छन् । उनको मुल सम्पत्ति ११३ अर्ब डलरबराबर छ । विश्व धनाढ्यको सूचीमा भने अम्बानी १३ औं स्थानमा छन् । -एजेन्सी  

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X