बुधबार, श्रावण २७,२०८३ 07:39:38
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 07:39:38
Bizshala
Global IME Bank Limited

सम्पत्तिको मामिलामा किम जोङ उन अघि कि भ्लादिमिर पुटिन ? कोसँग छ कति सम्पत्ति ?

Prabhu Bank Limited
सम्पत्तिको मामिलामा किम जोङ उन अघि कि भ्लादिमिर पुटिन ? कोसँग छ कति सम्पत्ति ?
New Office

काठमाण्डौ । उत्तर कोरियाली शासक किम जोङ उन पुनः चर्चामा छन् । रुसका राष्ट्रपति भ्लालिमिर पुटिन बुधबार उत्तर कोरिया प्रस्थान गरेपछि यी दुवै नेता अहिले विश्व राजनीतिमा चर्चाको केन्द्र बनेका छन् ।  

उत्तर कोरियामा पुटिनको भब्य स्वागत गरिएको छ । पुटिनले २४ वर्षपछि उत्तर कोरियाको भ्रमण गरेकाले उनको यो भ्रमणलाई विभिन्न कोणबाट अर्थपूर्ण ढंगले हेरिएको छ । दुवै देश यतिबेला अमेरिकी प्रतिबन्धमा छन् ।  

पुटिनले किम जोङलाई औरुस सिनेट नामक लक्जरी कार गिफ्ट गरेका छन् । पुटिनले किम जोङलाई कारमा घुमाउदै गरेको देखिन्छ ।  

यतिबेला यी दुवै नेताको सम्पत्तिको बारेमा चर्चा हुन थालेको छ । रुसका राष्ट्रपति भ्लादिमिर  पुटिन सम्पत्तिको मामिलामा विश्वकै धनी नेताको सूचीमा पर्ने गर्छन । फक्स बिजनेशको रिपोर्टका अनुसार पुटिनको कुल अनुमानित सम्पत्ति ७० अर्ब डलरदेखि २ सय अर्ब डलरको बीचमा रहेको छ । तथापी उनको सम्पत्तिको बारेमा यकिनका साथ भने केहि पनि खुलाइएको छेन ।  

रिपोर्टमा पुटिनको वार्षिक आम्दानी १ लाख ४० हजार डलर हुने उल्लेख गरिएको छ । उनको विलासी ज्रीवनशैलीको झलक उनको घरमा देख्न सकिन्छ । पुटिन सेन्ट पिटर्सबर्गमा रहेको ८ सय स्क्वायरफुटको महलमा बस्छन् ।  

यसका साथै पुटिनसँग ब्ल्याक सी नजिक १.४ अर्ब डलरको प्यालेस समेत रहेको रिपोर्टमा उल्लेख गरिएको छ । यसलाई नयाँ भर्सेल्स समेत भन्ने गरिन्छ । यो दरबारमा चर्च,क्यासिनो जस्ता विश्वभरका लक्जरी सुविधाहरु उपलब्ध छन् । पुटिनको सबैभन्दा मूल्यवान वस्तुमा उनको १०० मिलियन डलरबराबरको मेगा पानी जहाज रहेको छ । जुन २७० फुट छ र यसमा जिम,स्पा लाइब्रेरी,डान्स फ्लोर जस्ता विभिन्न सुविधाहरु छन् ।  

किम जोङको सम्पत्ति कति ?

सम्पत्तिको मामिलामा किम जोङ पुटिनभन्दा पछि छन् । तर विलासी जीवनशैलीको विषयमा भने किम पनि कम छैनन् । फक्स बिजनेशको रिपोर्टका अनुसार किम जोङको कुल सम्पत्ति ५ अर्ब डलरबराबर छ । करिब ढाई करोड जनसंख्या भएको उत्तर कोरियामा किम जोङले सन् २०११ देखि राज गरिरहेका छन् । बुवा किम जोङ इलको निधनपश्चात उनले शक्ताको बागडोर आफ्नो हातमा लिएका हुन् ।  

रिपोर्टका अनुसार किम जोङको रुस,अष्ट्रिया,चीन,सिंगापुर,स्विट्जरल्याण्ड र लक्जमबर्ग जस्ता देशमा करिब २ सय बैंक खातामा मोटो रकम जम्मा छ । यस्तै उनीसँग २० वटा घर भएको र ती कुने महलभन्दा कम नभएको उल्लेख गरिएको छ । -एजेन्सी    

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.