बुधबार, माघ २३,२०८१ 11:52:07
IME remit
  • बुधबार, माघ २३,२०८१ 11:52:07
IME remit
Global IME Bank Limited

बीमा कम्पनीलाई चुक्तापूँजी बढाउने बाटो खुल्यो, हकप्रद ल्याउने तयारीमा १० कम्पनी

Hyundai Nepal
बीमा कम्पनीलाई चुक्तापूँजी बढाउने बाटो खुल्यो, हकप्रद ल्याउने तयारीमा १० कम्पनी
Nabil Bank Limited

काठमाण्डौ । चुक्तापुँजी नपुगेका बीमा कम्पनीहरुलाई पुँजी बृद्धि गर्न बाटो खुलेको छ । लामो समयदेखि नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट धितोपत्र निष्कासन प्रक्रिया खुलेको हो ।  

बोर्डले आजै एक कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति प्रदान गरेपछि अब बाँकी कम्पनीलाई समेत धितोपत्र निष्कासन गर्ने बाटो खुलेको हो ।  

विगत ६ महिनायता धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा विभिन्न कम्पनीहरुको धितोपत्र निष्कासन गर्ने बाटो खुलेको थिएन । बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ, राइट सेयर जस्ता धितोपत्र जारी गर्न अनुमति दिएको थिएन ।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अझै लम्बिन सक्ने संकेत देखिएपछि बोर्डको सञ्चालक समितिको बैठकले सेयर निष्कासन अनुमति दिने निर्णय गरेको हो ।  

बोर्डको निर्णयअनुसार अब कैफियत नदेखिएका आईपीओ, एफपीओ र हकप्रद सेयरलाई निष्कासन अनुमति दिन अख्तियारी प्रदान गरिनेछ ।  

योसँगै बोर्डको पाइपलाइनमा रहेका कम्पनीहरुको धितोपत्र निष्कासनको बाटो क्रमशः खुल्नेछ । हाल चारवटा बीमा कम्पनी हकप्रद निष्कासनका लागि सेबोनको पाइपलाइनमा छन् । बोर्डमा अध्यक्ष नियुक्ति हुन नसक्दा कतिपय बीमा कम्पनीहरुले निवेदन समेत पेश गर्न पाएका छैनन् ।  

अब अन्य कम्पनीको धितोपत्र निष्कासनको बाटो खुलेपछि साधारण सभाबाट हकप्रद जारी गर्ने प्रस्ताप पारित गरेका बीमा कम्पनीहरुले समेत धितोपत्र बोर्डसँग अनुमतिका लागि निवेदन पेश गर्नेछन् ।  

बीमा कम्पनीहरुले बीमा प्राधिकरणको निर्देशन बमोजिम चुक्तापुँजी बढाउने प्रयोजनका लागि हकप्रद निष्कासनको प्रक्रिया अघि बढाएपनि बोर्डमा अध्यक्ष नहुँदा चुक्तापुँजी बृद्धि गर्ने प्रक्रिया नै रोकिएको थियो । सेबोनको बोर्ड बैठकले धितोपत्र निष्कासनको लागि अनुमति दिएसँगै अब बीमा कम्पनीहरुको पनि चुक्तापुँजी बढाउने प्रक्रिया अघि बढ्नेछ ।  

हकप्रदको लागि सेबोनको पाइपलाइनमा ४ बीमा कम्पनी  

चुक्तापुँजी बढाउनकै लागि हकप्रद निष्कासन गर्न अनुमति माग्दै लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), एनएलजी इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र नेको इन्स्योरेन्स बोर्डको पाइपलाइनमा छन् ।  

जसमध्ये एलआइसी नेपालले २०८० असोज २९ गते बोर्डसँग अनुमति मागेको थियो । करिब एक वर्षसम्म पनि बोर्डबाट हकप्रद जारी गर्न अनुमति नपाएपछि कम्पनीको पुँजी बृद्धिको प्रक्रिया अघि बढ्न सकेको छैन ।  

कम्पनीले कायम चुक्तापुँजीको ८८ प्रतिशत अर्थात् १ः०.८८ अनुपातमा २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको छ । हकप्रद जारी गर्न अनुमति पाएपछि कम्पनीको चुक्तापुँँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

त्यस्तै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले पनि चुक्तापूँजी बृद्धि गर्नकै लागि हकप्रद निष्कासनको प्रक्रिया अघि बढाएको हो । कम्पनीले कायम चुक्तापूँजीको १७ प्रतिशत हकप्रद जारी बोर्डमा निवेदन दिइसकेको छ । हकप्रद जारीपश्चात् कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीको हालको चुक्तापूँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ छ ।  

एनएलजी इन्स्योरेन्स कम्पनीले १०ः६.६ अनुपातमा ९६ करोड ३१ लाख २२ हजार रुपैयाँको ९६ लाख ३१ हजार २२० कित्ता हकप्रद जारी गर्न २०८० कात्तिक २ गते बोर्डसँग अनुमति मागेको हो । हकप्रदपश्चात् कम्पनीको चुक्तापूँजी २ अर्ब ४२ करोड २३ रुपैयाँ पुग्नेछ । कम्पनीको हाल चुक्तापूँजी १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ छ । कम्पनीलाई साढे २ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याउन अझै ७ करोड ८८ लाख रुपैयाँ अपुग हुन्छ ।  

त्यस्तै, नेको इन्स्योरेन्सले पनि कायम चुक्तापूँजीको २५ प्रतिशत अर्थात ५० करोड ३० लाख रुपैयाँबराबरको ५० लाख कित्ता हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डमा २०८० चैत ६ गते निवेदन पेश गरिसकेको छ । हकप्रदपश्चात् कम्पनीको चुक्तापुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको हाल कायम चुक्तापूँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ छ ।    

६ वटा कम्पनीले बोर्डसँग अनुमति माग्न बाँकी  

चुक्तापुँजी बढाउनका लागि हकप्रदको बाटो रोजेपनि ६ वटा बीमा कम्पनीले भने सेबोनमा निवेदन पेश गर्न बाँकी नै छ । कम्पनीहरुले साधारण सभामार्फत हकप्रद जारी गर्ने प्रस्ताव भने पारित गरिसकेका छन् ।  

बोर्डमा निवेदन दिइसकेका कम्पनीको समेत हकप्रद प्रक्रिया रोकिएपछि अन्य बीमा कम्पनीले निवेदन दिन नपाएका हुन् । तर अब बोर्डले धितोपत्र निष्कासन प्रक्रिया खोलिसकेको छ । यसर्थ बीमा कम्पनीहरुले पनि भटाभट हकप्रद जारी गर्नका लागि बोर्डसँग अनु्मति माग्दै निवेदन पेश गर्नेछन् ।  

एशियन लाइफ इन्स्योरेन्सले साधारण सभामार्फत हकप्रदको प्रस्ताव पारित गरेपनि बोर्डमा निवेदन पेश गर्न बाँकी छ । कम्पनीले कायम चुक्तापुँजीको ४२ प्रतिशत अर्थात् १ः०।४२ अनुपातमा हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ । हकप्रदपछि कम्पनीको चुक्तापुँजी ४ अर्ब ८२ करोड रुपैयाँ पुग्नेछ ।  

साथै प्रिमियम मूल्यमा आईपीओ जारी गरेको सन नेपाल लाइफले पनि प्राधिकरणले तोकेको न्यूनतम पूँजी पुर्याउन हकप्रदको बाटो राजेको छ । कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई २३.८० प्रतिशत बोनसपछि कायम हुने चुक्तापूँजी ३ अर्ब ९६ करोढ १६ लाख रुपैयाँको २७ प्रतिशत अर्थात् १ः०.२७ अनुपातमा हकप्रद निष्कासन गर्ने तयारी गरेको छ ।  हकप्रदपछि कम्पनीको पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।

साथै साविक सानिमा जनरल र जनरल इन्स्योरेन्स एकआपसमा मर्ज भई बनेको सानिमा जिआइसी इन्स्योरेन्सको पनि प्राधिकरणले तोेकेको पूँजी पुगेको छैन । कम्पनीले पूँजी बढाउन हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीको गत चैत २९ गते बसेको साधारण सभाले चुक्तापुँजी २ अर्ब रुपैयाँको २५ प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । अर्थात् १ः०.२५ अनुपातमा कम्पनीले ५० करोड रुपैयाँको हकप्रद निष्कासन गर्नेछ । हकप्रदपश्चात् कम्पनीको चुक्तापूँजी साढे २ अर्ब पुग्नेछ ।  

त्यस्तै, नेपाल इन्स्योरेन्सले पनि पूँजी बढाउन हकप्रद जारी गर्ने निर्णय गरेको छ । कम्पनीले कायम चुक्तापूँजी १ अर्ब ६४ करोड रुपैयाँ को ४० प्रतिशत अर्थात १०ः४० अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको छ । हकप्रदपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ३० करोड रुपैयाँ पुग्नेछ ।  

त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्सले पनि चुक्तापुँजी बृद्धिकै लागि हकप्रदको बाटो रोजेको छ । बीमा प्राधिकरणको निर्देशन बमोजिम चालु आवको अन्त्यसम्म न्यूनतम चुक्तापुँजी पुरा गर्न आवश्यक सबै प्रक्रियाहरु सम्पन्न गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै कम्पनीले हकप्रद जारी गर्न प्राधिकरणसँग अनुमति मागेको छ ।  

कम्पनीले १००ः१५ अनुपातमा हकप्रद निष्कासन गर्न अनुमति मागेको हो । हकप्रदपश्चात् कम्पनीको चुक्तापुँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ । कम्पनीलाई न्यूनतम चुक्तापुँजी पुर्याउन अझै ८ करोड ५० लाख रुपैयाँ आवश्यक पर्नेछ ।  

पूँजी वृद्धिको योजना दुई पुनर्बीमा कम्पनीलाई पेश गर्न निर्देशन दिएपश्चात् हिमालयन रि इन्स्योरेन्सले भने बोनस सेयर बाँडेर हकप्रद निष्कासन गर्ने योजना पेश गरेको छ ।  

त्यस्तै, पुनर्बीमातर्फ हिमालयन रि इन्स्योरेन्सले गत आवको मुनाफाबाट ४ प्रतिशत दरको ४० करोड रुपैयाँ बराबरको बोनस वितरणपछि हकप्रद जारी गर्ने योजना बनाएको छ । बोनसपश्चात् कायम हुन आउने चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँबाट कम्पनीले १ः०.८० अनुपात अर्थात ८० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ ।  

कम्पनीले फागुन २० गते सम्पन्न वार्षिक साधारण सभामार्फत हकप्रद निष्कासनको प्रस्ताव पारित गरिसकेको छ । कम्पनीले सेबोनमा ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न अनुमति पेश गर्ने तयारी गरेको छ । हकप्रदपश्चात् कम्पनीको चुक्तापूँजी १८ अर्ब ७२ करोड रुपैयाँ पुग्नेछ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.