आईतवार, भाद्र २३,२०८१ 09:00:15
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 09:00:15
IME remit
Global IME Bank Limited

आज काठमाण्डौको अधिकतम तापक्रम ३१.४ डिग्री सेल्सियस रहने, यी प्रदेशमा भारी वर्षाको सम्भावना

Hyundai Nepal
आज काठमाण्डौको अधिकतम तापक्रम ३१.४ डिग्री सेल्सियस रहने, यी प्रदेशमा भारी वर्षाको सम्भावना
Nabil Bank Limited

काठमाण्डौ । आज काठमाण्डौको अधिकतम तापक्रम ३१.४ डिग्री सेल्सियस रहनेछ । जल तथा मौसम विज्ञान विभागले आज काठमाण्डौको अधिकतम तापक्रम ३१.४ डिग्री र न्यूनतम तापक्रम २२ डिग्री सेल्सिय रहने पूर्वानुमान गरेको हो । विभागका अनुसार आज काठमाण्डौमा ५ मिलिमिटर वर्षाको सम्भावना रहेको छ ।  

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव  रहेको छ । साथै, बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसोː  देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती,  गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै बाँकी भू(भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज राती कोशी, मधेश, बागमती, गण्डकी  र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक  देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका  एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना  रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X