काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष सुवर्ण पौडेलको राजीनामा स्वीकृत भएको छ । असार ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले अध्यक्ष पौडेलले दिएको राजीनामा स्वीकृत गरेको हो ।
पौडेलको राजीनामा गत असार ६ गतेबाट लागू हुने गरि स्वीकृत भएको हो । उनले सर्वसाधारण समूहका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।