आईतवार, भाद्र २३,२०८१ 08:58:59
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 08:58:59
IME remit
Global IME Bank Limited

देशभर फैलियो मनसुन प्रणाली, आज यी स्थानमा छ भारी वर्षाको सम्भावना

Hyundai Nepal
देशभर फैलियो मनसुन प्रणाली, आज यी स्थानमा छ भारी वर्षाको सम्भावना
Nabil Bank Limited

काठमाण्डौ । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव  रहेको छ। देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती,कोशी र गण्डकी प्रदेशको केहि स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक  देखि साधारणतया बदली रहने छ।कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी ,मधेश, बागमती र गण्डकी प्रदेशका एक(दुई  स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राती कोशी, मधेश, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक  देखि साधारणतया बदली रहने छ। कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी र  लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी ,गण्डकी ,कर्णाली र सुदूरपश्चिम प्रदेशका  एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी ,मधेश ,बागमती,गण्डकी ,कर्णाली र सुदूरपश्चिम प्रदेशका  एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू(क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

मनसुनको आगमन

यस वर्षको मनसुन प्रणाली असार १० गतेका दिन देशभर फैलिएको छ । नेपालमा यस वर्षको मनसुन औसत मिति भन्दा तीन दिन छिटो गरी कोशी प्रदेशको पुर्वी भू–भागमा आगमन भएको थियो । साथै असार ६ गतेका दिन कोशी प्रदेशको बाँकी भू–भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा आगमन भएको थियो ।  यस वर्ष नेपालभर मनसुन फैलिन आगमनको दिन देखि १५ दिनको समय लागेको छ। 

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X