मंगलवार, श्रावण ५,२०८३ 05:10:10
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 05:10:10
Bizshala
Global IME Bank Limited

सिटी एक्सप्रेस मनी ट्रान्सफर १८ औं वर्षमा प्रवेश, रक्तदान कार्यक्रम आयोजना

सिटी एक्सप्रेस मनी ट्रान्सफर १८ औं वर्षमा प्रवेश, रक्तदान कार्यक्रम आयोजना
New Office

काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आज असार २७ गते १७ वर्ष पुरा गरेर १८ औं वर्षमा प्रबेश गरेको छ । कम्पनीले १८ औं वार्षिकोत्सवको अवसरमा केन्द्रिय कार्यालय प्रांगणमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । 

कम्पनीले ‘रक्तदान गर्नुहोस् , जिवनदान दिनुहोस्’भन्ने  मूलनाराका साथ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना गरेको जनाएको छ । उक्त कार्यक्रममा सिटी एक्सप्रेसका ब्राण्ड एम्बेसडर तथा चर्चित हास्य कलाकार जितु नेपालको पनि उपस्थिती रहेको थियो ।  

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १७ वर्षदेखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिट्यान्स भुक्तानी पनि गर्न सकिन्छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.