सोमबार, बैशाख ८,२०८२ 02:47:58
IME remit
  • सोमबार, बैशाख ८,२०८२ 02:47:58
IME remit
Global IME Bank Limited

ईसेवा मनि ट्रान्सफरले बम्पर उपहारमा इमाडोलको अढाई तले घर दिने

Hyundai Nepal
ईसेवा मनि ट्रान्सफरले बम्पर उपहारमा इमाडोलको अढाई तले घर दिने
Nabil Bank Limited

काठमाण्डौ। ईसेवा मनि ट्रान्सफरको मेरो डिजिटल देश अभियानु अन्तर्गत विदेशबाट ईसेवा वालेटमा पैसा पठाउँदा बम्पर उपहार सार्वजनिक भएको छ। १ असोज २०८० देखि सुरु भएर आगामी ३० कात्तिकसम्म सञ्चालन हुने यो योजनाको बम्पर उपहारमा दिइने काठमाडौंको घर सार्वजनिक गरिएको हो।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

ईसेवा मनि ट्रान्सफरले २ वर्ष अघि डिजिटल कारोबार प्रवर्द्धन र प्रोत्साहन गर्ने उद्देश्यका साथ यो अभियानको सुरु गरेको थियो। जसअन्तर्गत पूर्ण बहादुर श्रेष्ठ पहिलो वर्षको विजेता भई काठमाडौंमा घर जित्न सफल भएका थिए।

विदेशमा रहेका नेपालीहरूमा डिजिटल साक्षरता र सशक्तीकरणको प्रवर्धनमा उल्लेखनीय भूमिका खेलेको भन्दै कम्पनीले यो अभियानलाई निरन्तरता दएको हो।

विदेशबाट ईसेवा मनि ट्रान्सफर मार्फत ईसेवा वालेटमा रेमिट्यान्स पठाउने मध्ये एक जना विजेताले फेरि पनि काठमाडौंमा घर जित्न सक्नेछन्।

जसका लागि ललितपुर महानगरपालिका-३ इमाडोलमा करिब ३ आना क्षेत्रफलमा बनेको साढे दुई तल्लाको घर बम्पर उपहारमा राखिएको छ।

अभियान अवधिभर ईसेवा मनि ट्रान्सफर मार्फत ईसेवा वालेटमा पैसा पठाउने व्यक्तिहरू यो योजनामा स्वतः सहभागी हुनेछन्।

ईसेवा मनि ट्रान्सफरले नगद रेमिट्यान्स तथा डिजिटल माध्यमबाट ईसेवा वालेटका ८८ लाखभन्दा बढी प्रयोगकर्ता र जुनसुकै बैंक तथा वित्तीय संस्थाको खातामा रेमिट्यान्स भित्र्याउँदै आएको छ। 

कम्पनीले १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा ईसेवाका एक लाखभन्दा बढी क्याश प्वाइन्टबाट पनि रेमिट्यान्स भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।

ईसेवा मनि ट्रान्सफर नेपालकै प्रमुख मध्येको एक आईटी कम्पनी एफवन सफ्ट ग्रुपको भगिनी कम्पनी हो। अभियान अवधिभर ईसेवा मनि ट्रान्सफर मार्फत ईसेवा वालेटमा पैसा पठाउने व्यक्तिहरु यस बम्पर योजनामा स्वतः सहभागी हुन सक्नेछन्।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.