काठमाण्डौ। गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसदबाट विश्वासको मत प्राप्त नभएपछि अब देशले छिट्टै नयाँ सरकार पाउँदैछ।
नयाँ सरकार पाउनुअघि हाल सरकारमा रहेका अर्थमन्त्री वर्षमान पुनको आइतबार बिदाइ गरिएको छ। पुनले २०८० फागुन २३ गते जिम्मेवारी लिएका थिए।
२०८१ असार ३० गते एक कार्यक्रमको आयोजना गरी अर्थ मन्त्रालयका कर्मचारीहरू, नेपाल राष्ट्र बैंकका गभर्नर, भन्सार विभागका प्रमुखहरू, आन्तरिक राजस्व विभागका महानिर्देशकहरू लगायतका उच्च अधिकारीहरूको सहभागितामा उनको बिदाइ गरिएको हो।
बिदाइ कार्यक्रममा मन्तव्य राख्दै पुनले आफ्नो कार्यकालमा सही नियतले काम गरेको बताए।
उनले अर्थतन्त्र सुधारमा आफुले महत्त्वपूर्ण योगदान पुर्याएको र आफ्नो छोटो समयको कार्यकालमा अर्थतन्त्रलाई सुधार्ने प्रयास गरिरहेको सुनाए।
उनले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्बको बजेट विनियोजन गरेका छन्।