काठमाण्डौ। नेपाल आयल निगमले आगामी साउन १ गतेका दिन सबै डिपोबाट पेट्रोलियम पदार्थ निरन्तर बिक्री वितरण गर्ने निर्णय गरेको छ। यसअघि साउन १ देखि नयाँ आर्थिक वर्ष सुरु हुने भएकाले इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणालीमा डेटा अपडेट गर्नुपर्ने र त्यसदिन बिलिङ सिस्टम बन्द हुने निगमले जनाएको थियो।
तर, डाटा अपडेट गरी निगमको सम्पूर्ण कारोबार सूचारु रहने निगमले एक सूचना जारी गर्दै भनेको छ।
निगमको सम्पूर्ण कारोबार ईआरपी सिस्टमबाट भइरहेको र नयाँ आर्थिक वर्षमा सो सिस्टम अपग्रेड गर्ने प्रक्रियाले एक दिनका लागि कारोबार रोक्ने समेत निर्णय निगमले गरेको थियो।