आईतवार, भाद्र २३,२०८१ 08:57:44
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 08:57:44
IME remit
Global IME Bank Limited

विश्वचर्चित १६ वर्षीय फुटबलर लामिन यमालका लागि तीन देशबीच प्रतिस्पर्धा : आखिर उनी कुन देशका हुन् ?

Hyundai Nepal
विश्वचर्चित १६ वर्षीय फुटबलर लामिन यमालका लागि तीन देशबीच प्रतिस्पर्धा : आखिर उनी कुन देशका हुन् ?
Nabil Bank Limited

काठमाण्डौ। हालै १६ वर्षीय फुटबलर लामिन यामलले विश्व फुटबल जगत्मा निकै चर्चा कमाएका छन्। युरो कप प्रतियोगितामा उनले आफ्नो प्रदर्शनमार्फत विश्वलाई चकित बनाएका छन्। 

बार्सिलोनामा जन्मेका र हुर्केका यमलकी आमा इक्वेटोरियल गिनी र बुबा मोरक्कोका हुन्, यद्यपि उनी स्पेनबाट खेल्छन्। यमलकी आमा र उनकी हजुरआमा बार्सिलोनामा बस्छन्, तर उनकी आमाको परिवारका अन्य सदस्यहरू अझै पनि इक्वेटोरियल गिनीमा बस्छन्।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अफ्रिकामा अवस्थित इक्वेटोरियल गिनी फुटबल महासंघले युरोपियन च्याम्पियनसिपमा लामिन यामालले देखाएको प्रदर्शनले आफ्नो देशमा खेलको प्रवर्द्धन गर्ने बताएको छ।  

इक्वेटोरियल गिनीका फुटबल महासंघका अध्यक्ष भेनेसियो टोमस डोङ मेचाका अनुसार लामिन इक्वेटोरियल गिनीबाट नखेल्ने भए तापनि उनलाई हृदयको धेरै नजिक राखिएको छ। उनी इक्वेटोरियल गिनीको फुटबलमा उत्कृष्टता थप्ने धेरैले विश्वास गरेका छन्।

सानै उमेरमा भए पनि यमलले आफ्नो अलराउन्ड प्रदर्शनले सबैलाई चकित पारेका छन्। यमलले फ्रान्स विरुद्ध गोल र क्रोएसिया, जर्जिया, जर्मनी विरुद्ध असिस्ट गोल गरेर आफ्नो क्षमता प्रमाणित गरेका छन्।

उनले आइतबार इङ्ल्यान्डसँग फाइनल खेल्दै छन् र त्यसको एक दिनपछि उनी १७ वर्षका हुनेछन्। योसँगै यमल युरोकप वा विश्वकपको फाइनल खेल्ने सबैभन्दा कान्छो खेलाडी बन्नेछन्। हाल पेले विश्वकपको फाइनल खेल्ने सबैभन्दा कान्छा खेलाडी हुन्।

सन् १९५८ मा ब्राजिलले फाइनलमा स्विडेनलाई ५–२ ले हराउँदा पेले १७ वर्ष २४९ दिनका थिए। यो खेलमा पेलेले दुई गोल गरेका थिए। यमाल १६ वर्ष ३६१ दिनको उमेरमा युरो कपको इतिहासमा सबैभन्दा कान्छो गोलकर्ता बनेका छन्।

यससँगै उनी बार्सिलोनाबाट लिग खेल सुरु गर्ने सबैभन्दा कान्छो खेलाडी ९१६ वर्ष ३८ दिन० हुन् र उनी ला लिगाको इतिहासमा ९१६ वर्ष ८७ दिन० सबैभन्दा कान्छो गोलकर्ता हुन्। यी सबै कीर्तिमान तोड्न कसैको लागि धेरै गाह्रो हुनेछ।

इक्वेटोरियल गिनी दुई भागमा विभाजित देश हो। यसको राजधानी मलाबो द्वीप क्षेत्रमा अवस्थित छ। यसको अफ्रिकी मुख्य भूमि भागको सबैभन्दा ठूलो सहर बाटा हो, जहाँ यमलकी आमाको जन्म भएको थियो। पछि स्पेन गएर वेट्रेसको रुपमा काम गर्न थालिन्।

यहाँ उनले यमलका बुबालाई भेटिन्, जसबाट उनी अहिले अलग भइसकेका छन्। सानो देश भए पनि इक्वेटोरियल गिनी पछिल्लो दुई अफ्रिका कप अफ नेसन्सको नकआउट चरणमा पुगेको छ।

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X