शुक्रबार, माघ २३,२०८२ 06:35:19
Bizshala
  • शुक्रबार, माघ २३,२०८२ 06:35:19
Bizshala
Global IME Bank Limited
Bizshala

एमालेले मन्त्रीहरूको नाम टुङ्गो लगायो,को के मन्त्री बन्दैछन् ?

एमालेले मन्त्रीहरूको नाम टुङ्गो लगायो,को के मन्त्री बन्दैछन् ?
Shivam Cement

काठमाण्डौ। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दलबाट करिब करिब मन्त्रीहरूको नाम टुङ्गो लगाएका छन्। एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्त्वमा सरकारमा जाने भएको छ। पौडेलले उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन्।

Bizshala
Garima Development Bank
New Office

प्रधानमन्त्री ओलीले सोलुखुम्बूबाट पहिलो पटक चुनाव जित्ने मानवीर राईलाई मन्त्रीमा पठाउने भएका छन्।

उनलाई रक्षा मन्त्रालयको जिम्मेवारी तोकेका हुन्। उनी पहिलो पटक निर्वाचन जित्ने र मन्त्री बन्न भाग्मानी सांसद हुन्।

उनले कांग्रेसका प्रभावशाली नेता पूर्वमन्त्री बलबहादुर केसीलाई पराजित गरेका थिए। 

सोलुमा एमालेले बहुदलीय व्यवस्थापछि पहिलो पकट निर्वाचन जितेको हो।

यसैगरी उपमहासचिव पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधि तथा सञ्चार, मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरिएको छ।

उनी गण्डकी प्रदेशका पूर्व मूख्यमन्त्री र पूर्व पर्यटन मन्त्री हुन्।त्यस्तै विद्या भट्टराईले शिक्षा मन्त्रालय सम्हाल्ने भएकी छिन्। उनी कास्कीबाट निर्वाचित सांसद हुन्।

पूर्वमन्त्री रविन्द्र अधिकारीकी श्रीमती समेत हुन्। विद्यार्थी राजनीतिबाट संसदीय राजनीतिमा प्रवेश गर्नुअघि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पेशामा संलग्न थिइन्।

सुदूरपश्चिमबाट दामोदर भण्डारीले उद्योग मन्त्रालय सम्हाल्ने भएका छन्। उनी यसअघि दाहाल नेतृत्वको सरकारमा पनि उद्योग मन्त्रालयमै थिए।

राजकुमार गुप्ताले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हाल्ने भएका छन् भने बलराम अधिकारीले भूमि व्यवस्था तथा सहकारी मन्त्रालय सम्हाल्ने भएका छन्।  

उनी पनि दाहाल नेतृत्वको सरकारमा थिए। राष्ट्रिय सभा सांसद रहेका देबेन्द्र दाहालले भौतिक पूर्वाधार तथा यातायत मन्त्रीको सम्हाल्ने छन्।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.