आईतवार, भाद्र २३,२०८१ 09:04:39
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 09:04:39
IME remit
Global IME Bank Limited

एमालेले मन्त्रीहरूको नाम टुङ्गो लगायो,को के मन्त्री बन्दैछन् ?

Hyundai Nepal
एमालेले मन्त्रीहरूको नाम टुङ्गो लगायो,को के मन्त्री बन्दैछन् ?
Nabil Bank Limited

काठमाण्डौ। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दलबाट करिब करिब मन्त्रीहरूको नाम टुङ्गो लगाएका छन्। एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्त्वमा सरकारमा जाने भएको छ। पौडेलले उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन्।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्रधानमन्त्री ओलीले सोलुखुम्बूबाट पहिलो पटक चुनाव जित्ने मानवीर राईलाई मन्त्रीमा पठाउने भएका छन्।

उनलाई रक्षा मन्त्रालयको जिम्मेवारी तोकेका हुन्। उनी पहिलो पटक निर्वाचन जित्ने र मन्त्री बन्न भाग्मानी सांसद हुन्।

उनले कांग्रेसका प्रभावशाली नेता पूर्वमन्त्री बलबहादुर केसीलाई पराजित गरेका थिए। 

सोलुमा एमालेले बहुदलीय व्यवस्थापछि पहिलो पकट निर्वाचन जितेको हो।

यसैगरी उपमहासचिव पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधि तथा सञ्चार, मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरिएको छ।

उनी गण्डकी प्रदेशका पूर्व मूख्यमन्त्री र पूर्व पर्यटन मन्त्री हुन्।त्यस्तै विद्या भट्टराईले शिक्षा मन्त्रालय सम्हाल्ने भएकी छिन्। उनी कास्कीबाट निर्वाचित सांसद हुन्।

पूर्वमन्त्री रविन्द्र अधिकारीकी श्रीमती समेत हुन्। विद्यार्थी राजनीतिबाट संसदीय राजनीतिमा प्रवेश गर्नुअघि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पेशामा संलग्न थिइन्।

सुदूरपश्चिमबाट दामोदर भण्डारीले उद्योग मन्त्रालय सम्हाल्ने भएका छन्। उनी यसअघि दाहाल नेतृत्वको सरकारमा पनि उद्योग मन्त्रालयमै थिए।

राजकुमार गुप्ताले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हाल्ने भएका छन् भने बलराम अधिकारीले भूमि व्यवस्था तथा सहकारी मन्त्रालय सम्हाल्ने भएका छन्।  

उनी पनि दाहाल नेतृत्वको सरकारमा थिए। राष्ट्रिय सभा सांसद रहेका देबेन्द्र दाहालले भौतिक पूर्वाधार तथा यातायत मन्त्रीको सम्हाल्ने छन्।

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X