आईतवार, भाद्र २३,२०८१ 08:50:19
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 08:50:19
IME remit
Global IME Bank Limited

राष्ट्रिय सहकारी बैंकले पठायो सदस्यको खातामा संरक्षित पुँजी फिर्ता कोषको ३ करोड ८३ लाख

Hyundai Nepal
राष्ट्रिय सहकारी बैंकले पठायो सदस्यको खातामा संरक्षित पुँजी फिर्ता कोषको ३ करोड ८३ लाख
Nabil Bank Limited

काठमाण्डौ। राष्ट्रिय सहकारी बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहले पाउने रकमको बाँडफाँट कार्य सम्पन्न गरेको छ। सोमबार बैंकले संरक्षित पुँजीफिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँट कार्य गरेसँगै एउटै सदस्यले ९ लाखभन्दा बढी रकम प्राप्त गरेको बैंकले जनाएको छ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सहकारी ऐन, २०७४ तथानियमावली २०७५ को प्रावधान अनुरूप बैंकमा सदस्य संघ/संस्थाहरुले जम्मा गरेको बचत रकमको लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजका लागि ६० प्रतिशत भारको आधारमा कुल ३ करोड ८३ लाख २० हजार २ सय ९५ रुपैँया संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँट गरेको हो।

संरक्षित पूँजी फिर्ता कोषबाट प्राप्त हुने रकम सम्बन्धित सदस्य सहकारी संघ/संस्थाको खातामा जम्मा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाँईले बताए। 

उनका अनुसार बचत र कर्जा कारोबार गर्ने १६,०६०सहकारी संघ/संस्थाहरु को संरक्षित पूँजी फिर्ता कोषबाट लाभान्वित भएका छन्। 

बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेबापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले बचततर्फ ९ लाख ७५ हजार ६ सय ७ रुपैयाँ तथा कर्जातर्फ ३ लाख २४ हजार ८ सय ४ रुपैयाँसम्म प्राप्त गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत गुरागाँईले बताए।

“उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक” भन्ने परिकल्पनाका साथ अघि बढेको बैंकले संरक्षित पूँजी फिर्ता कोषबाट ५० हजारभन्दा बढी रकम प्राप्त गर्ने सहकारी संघ/संस्थाहरु बचत तर्फ २६ र कर्जा तर्फ १०४ वटारहेका छन्। हाल बैंकमा १६ हजार ३ सय ३० सदस्य सहकारी संघ संस्थाहरु रहेका छन्।

सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ ले गरेको व्यवस्थापछि सहकारीहरुको केन्द्रीय निकायहरुमध्ये निरन्तर संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यहरुलाई बचत र कर्जाको आधारमा रकम बाँडफाँट गर्ने बैंक पहिलो हो।

बैंकले नियमित बचत तथा कर्जाको कारोबार गर्ने र संरक्षित पूँजी फिर्ता कोषबाट रकम पाउने सम्पूर्ण सहकारी संघ/संस्थाहरुलाई हार्दिक बधाई व्यक्त गर्दै आगामी दिनहरुमा समेत राष्ट्रिय सहकारी बैंकमा उच्च कारोबार गरी संरक्षित पूँजीफिर्ता कोषबाट लाभलिन अनुरोध समेत विज्ञप्ति मार्फत अनुरोध गरेको छ।

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X