काठमाण्डौं। आज नेप्से १७ अंकले घटेर बन्द भएको छ। बजार घट्दा आज कारोबार पनि करिव ९ अर्व रुपैयाँ बराबरको भएको छ।प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा २२३२ को विन्दुमा सपोर्ट र २२९० आसपास प्रतिरोध सामाना गरेको छ।
बोलिङगर ब्याण्ड मार्फत नियाल्दा बजारमा अपर ब्याण्डमा आइतबारको कारोबारमा शुटिङ स्टार प्रकृतिको क्याण्डल बनेको छ।
त्यसैगरि आज वियरिस प्रकृतिको क्याण्डल बनेको छ । यसले बजारमा केही नाफा बुक भएको बुझिन्छ। म्याक्डी मार्फत नियाल्दा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ।
आरएसआई पनि ओभर बट जोन ८० को तहमा पुगेर हुक बनाएर तल झरेको छ। समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा बजारमा केही अल्पकालिन करेक्सन हुनसक्ने देखिन्छ।
आज २२४० भन्दा माथि बन्द भएको बजार यदि आगमी कारोबारमा २२३२ भन्दा तल झरेमा केही करेक्नस र २२९० भन्दा माथि लागेमा बजारले पुनः अप ट्रेन्ड लिन सक्छ।
पिभट् मार्फत नियाल्दा यदि आगमी कारोबारका बजार घटेमा २२३२ , २२०० र २१७८ मा सपोर्ट लिन सक्छ। त्यसैगरि बढेमा २२६०, २२९० र २३१६ मा प्रतिरोध सामाना गर्न सक्छ।