काठमाण्डौ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आफूलाई फेरि उद्योग मन्त्रालयको जिम्मेवारी दिनुको प्रमुख कारण मैले महत्त्व र जिम्मेवारी बुझेको दाबी गरेका छन्।
सोमबार मन्त्री भण्डारीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पदभार ग्रहण गर्दै आफूलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिनुको प्रमुख कारण मैले महत्त्व र जिम्मेवारी बुझेको बताएका हुन्।
मन्त्री भण्डारी तेस्रो पटक उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भएका हुन्। यसअघि गत फागुनमा उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रीमा दोहोरिएका भण्डारी फेरी सोही मन्त्रालयमा तेस्रो पटक मन्त्री भएका हुन्।
मन्त्री भण्डारीले भने, ‘मलाई फेरि उद्योग मन्त्रालयको जिम्मेवारी दिनुको कारण छ। मैले मन्त्रालयको महत्त्व र जिम्मेवारी बुझेको छु। त्यसैले मेरो पार्टीले मलाई पुन यस मन्त्रालयको जिम्मेवारी सुम्पिएको हो। यस मन्त्रालयकोटीमसँग विगतमा काम गर्ने निकै सहज भएको थियो। र अब पनि यस टीमले मलाई बुझेको छ।’