आईतवार, भाद्र २३,२०८१ 07:17:12
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 07:17:12
IME remit
Global IME Bank Limited

पूँजी पुगेका बीमा कम्पनीको नगद लाभांशमा जोड, आगामी वर्ष के होला ?

Hyundai Nepal
पूँजी पुगेका बीमा कम्पनीको नगद लाभांशमा जोड, आगामी वर्ष के होला ?
Nabil Bank Limited

काठमाण्डौ । वाणिज्य बैंकहरु जस्तै बीमा कम्पनीले पनि नगद लाभांशमा जोड दिन थालेका छन् । नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्तापूँजी पुगिसकेका बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा नगद लाभांशलाई जोड दिएका थिए ।

बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउन निर्देशन दिएको थियो ।  

प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले गत आवको अन्त्यसम्म तोेकेको चुक्तापूँजी पुर्याउनु पर्ने थियो । तर धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा हकप्रद प्रक्रिया रोकिएपछि तोकेको समयमा नै अधिकांश कम्पनीले न्यूनतम चुक्तापूँजी पुर्याउन सकेनन् । जसबमोजिम प्राधिकरण थप लचिलो बन्दै जगेडा कोषमा भएको रकमलाई पूँजीको रुपमा गणना गर्न पाउने गरी व्यवस्था ल्याएको छ ।  

प्राधिकरणले तोकेको समयमा जीवनबीमातर्फ नेपाल लाइफ, नेशनल लाइफ र हिमालयन लाइफले तोकेको चुक्तापूँजी पुर्याएको थियो भने निर्जीवनतर्फ सिद्धार्थ प्रिमियर, आइजीआई प्रुडेन्सियल, सगरमाथा लुम्बिनी र शिखर इन्स्योरेन्सले मात्रै तोकेको पुँजी पुर्याएको थियो ।  

अघिल्लो आर्थिक वर्षको मुनाफाबाट गत आवमा बोनस बाँडेर थप आइएमई लाइफ, सुर्यज्योति लाइफ र हिमालयन एभरेष्ट इन्स्योरेन्सले पनि पुँजी पुर्याएका छन् । पुँजी पुर्याउनकै लागि यी तीनवटा कम्पनीले आफ्ना सेयरधनीहरुलाई बोनस बाँडेका थिए ।  

तर पुँजी पुगिसकेका कम्पनीहरुमा केहीले नगद लाभांश मात्रै वितरण गरेका थिए भने केहीले सेयरधनीहरुको हात खाली बनाएका थिए । सो कम्पनीहरुको अवस्था हेर्दा अब पुँजी नबढाई नगद लाभांश मात्रै वितरण गर्ने मनसाय बनाएको बुझ्न सकिन्छ ।  

वाणिज्य बैंकहरुले पनि पछिल्लो समय पुँजी नबढाउने हेतुले नगद लाभांशमा बढी जोड दिदैं आइरहेका छन् । अधिकांश बैंकहरुले गत आवमा आफ्ना सेयरधनीहरुलाई नगद नै बढी बाँडेका थिए । यसरी नै बीमा कम्पनीहरु पनि तोकेको पुँजी पुगिसकेपछि नगदमा नै बढी केन्द्रीत हुन थालेका छन् ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

जीवन बीमातर्फ नेपाल लाइफले विगत २ वर्षदेखि सेयरधनीहरुलाई नगद लाभांश मात्रै बाँड्दै आइरहेको छ । कम्पनीले आव २०७७७८ देखि नगद मात्रै बाँड्न थालेको हो । कम्पनीले आव २०७८÷७९ मा कुनै खालको लाभांश बाँडेको थिएन भने गत आवको मुनाफाबाट पनि कम्पनीले आफ्ना सेयरधनीलाई २१ प्रतिशत नगद मात्रै बाँडेको थियो । कम्पनीको चुक्तापुँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ ।  

त्यस्तै, चुक्तापुँजी पुगिसकेको नेशनल लाइफले पनि गत आवमा आफ्ना सेयरधनीहरुलाई बोनस भन्दा नगद नै बढी वितरण गरेको छ । अघिल्लो वर्षहरुमा नगद भन्दा बोनस धेरै बाँडेको सो कम्पनीले पनि नगदमा जोड दिन थालेको छ । गत आवको लागि कम्पनीले ४ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश बाँडेको थियो । कम्पनीको चुक्तापुँजी ५ अर्ब १ करोड रुपैयाँ छ ।  

यता हिमालयन लाइफको पनि चुक्तापुँजी ८ अर्ब २ करोड रुपैयाँ छ । प्राधिकरणले तोकेको न्यूनतम चुक्तापुँजी भन्दा बढी नै भएकाले कम्पनीले गत आवमा आफ्ना सेयरधनीलाई कुनै खालको लाभांश वितरण गरेको थिएन ।  

निर्जीवनतर्फ सिद्धार्थ प्रिमियरको चुक्तापुँजी २ अर्ब ८० करोड रुपैयाँ पुगिसकेको छ । कम्पनीले पनि गत आवको लागि आफ्ना सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यसर्थमा कम्पनीले पनि पुँजी पुगिसकेपछि नगदमा नै जोड दिएको देखिन्छ ।  

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले पनि गत आवको लागि सेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश मात्रै बाँडेको थियो । कम्पनीको चुक्तापुँजी २ अर्ब ६२ करोड रुपैयाँ छ ।  

त्यस्तै, ३ अर्ब २ करोड रुपैयाँ चुक्तापुँजी भएको आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र २ अर्ब ६५ करोड रुपैयाँ भएको शिखर इन्स्योरेन्सले भने गत आवको लागि आफ्ना सेयरधनीहरुलाई कुनै लाभांश वितरण गरेको थिएनन् ।  

विगतमा वर्षहरुमा यी कम्पनीहरुले आफ्ना सेयरधनीहरुलाई उत्कृष्ट बोनस सेयर वितरण गरेका थिए । प्राधिकरणले तोकेको पुँजी पुर्याइसकेपछि उक्त कम्पनीहरुले अब विस्तारै बोनस भन्दा नगदमा बढी जोड दिन थालेका छन् ।  

आगामी वर्ष के होला ?

कम्पनीहरुको अवस्था हेर्दा आगामी आर्थिक वर्षहरुका लागि पनि सो नगद लाभांशमै जोड दिने देखिन्छ । नेपाल लाइफले विगत दुईवर्षदेखि नै नगद नै बाँड्दै आएको छ भने नेशनल लाइफले विगतका वर्षमा नगद भन्दा बोनस नै धेरै दिएपनि गत आवको लागि नगदलाई बढी प्राथमिकता दिएको देखिन्छ ।  

यसरी पुँजी पुगिसकेका कम्पनीहरुले नगदमा नै जोड दिन सक्ने अनुमान लगाउन सकिन्छ । सुर्यज्योति लाइफ र आइएमई लाइफले पनि गत आवमा उत्कृष्ट बोनस बाँडेर पुँजी पुर्याएका छन् । यी कम्पनीहरुले पुँजी बढाउने प्रयोजनकै लागि उत्कृष्ट बोनस वितरण गरेका हुन् । पुँजी पुगिसकेपछि सो कम्पनीहरुले पनि नगदमै जोड दिन सक्ने सम्भावना बढी छ ।  

यता निर्जीवनतर्फ पनि यस्तै अवस्था छ । विगतमा बोनस बाँड्दै आएका कम्पनीले प्राधिकरणले तोकेको पुँजी पुर्याइसकेपनि लाभांश नदिने वा दिएपनि नगदमै बढी केन्द्रीत भएका छन् । उत्कृष्ट लाभांश दिन सक्ने क्षमता भएपनि हिमालयन एभरेष्ट इन्स्योरेन्सले पुँजी पुर्याउनका लागि मात्रै गत आवमा ८।६३ प्रतिशत मात्रै बोनस बाँडेको थियो ।  

यसर्थमा पनि अब पुँजी पुगेका कम्पनीहरुले नगदलाई नै प्राथमिकता दिन सक्ने सम्भावना बढी छ ।  

जीवन बीमा कम्पनीहरुको हकमा एक्चुरी भ्यालुएसपश्चात् कति लाभांश बाँड्न सक्ने निर्धारण हुन्छ भने निर्जीवन बीमकहरुले नाफाकै आधारमा लाभांश वितरण गर्न सक्नेछन् ।

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X