सोमबार, बैशाख ८,२०८२ 06:29:29
IME remit
  • सोमबार, बैशाख ८,२०८२ 06:29:29
IME remit
Global IME Bank Limited

श्रीद्धि आइभीएफ एण्ड फर्टिलिटी सेन्टरको साउन अफर: सेवामा ५०% सम्म छुट

Hyundai Nepal
श्रीद्धि आइभीएफ एण्ड फर्टिलिटी सेन्टरको साउन अफर: सेवामा ५०% सम्म छुट
Nabil Bank Limited

काठमाण्डौ। काठमाण्डौको लाजिम्पाटमा रहेको श्रीद्धि आइभीएफ एण्ड फर्टिलिटी सेन्टरले हिन्दु महिलाहरुको पवित्र महिना साउनलाई लक्षित गरेर विशेष अफर ल्याएको छ। सेन्टरले साउन महिना भरको लागि विभिन्न सेवामा ५० प्रतिशतसम्मको छुट अफर ल्याएको हो। 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

सेन्टरका अनुसार साउन महिनाभर ओपीडी सेवामा ५० प्रतिशत छुट, ट्रान्स भजाइनल अल्ट्रासाउण्ड (टिभीएस) मा २५ प्रतिशत,फार्मेसीमा ५ प्रतिशत र रगत परिक्षणमा १० प्रतिशत छुट प्रदान गरिने छ।

त्यस्तै,बजारमा उपलब्धताको हिसाबमा दुर्लभ मानिने सर्भिकल क्यान्सरको विरुद्दमा लगाईने ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोपमा ५ प्रतिशत छुट हुनेछ।

सेन्टरमा आउनेहरुलाई थप सुविधा होस् र आउने दम्पतिहरुले निर्धक्क आफ्ना समस्या सुनाउन सकुन् भन्ने उदेश्यले छुट अफर ल्याईएको केन्द्रकी सञ्चालक डा.दिपमाला कार्कीले जानकारी दिइन्। 

सेन्टरका अनुसार यी अफर साउन महिनाभरको लागि लागु हुने छ र आवश्यकता अनुसार शनिवार पनि यी सेवा प्रदान गरिने छ। अफरपछि केन्द्रमा आउने सेवाग्राहीको संख्या बढेको डा. कार्कीको भनाई छ।

श्रीद्धि आइभीएफ २०७९ भाद्रबाट सञ्चालनमा आएको हो। निसन्तान दम्पतिहरुलाई आइभीएफ विधिद्वारा सन्तान प्राप्ति गराउने उद्देश्यले यो केन्द्र सुरु गरिएको केन्द्रकी सञ्चालक डा. दिपमाला कार्की बताउँछिन्। साथै केन्द्रले ओपीडी सेवा पनि प्रदान गरिरहेको छ।

उनका अनुसार विभिन्न उपायद्वारा पनि सन्तान भइरहेका छैनन भने महिलाको डिम्ब र पुरुषको शुत्रकीटलाई निकाली बाहिर ल्याबमा फर्टिलाइजेसन गरेर बच्चा जन्माउने प्रक्रिया नै आइभीएफ हो।

कुनै दम्पति नि:सन्तानको समस्या लिएर केन्द्रमा आउँदा महिला र पुरुषको विस्तृत परिक्षण गरेर आवश्यकता  अनुसार उपचार गरिने डा.कार्कीको भनाई छ। 

उनका अनुसार कुनै दम्पतिको चिकित्सकको सल्लाहपछि प्राकृतिक विधिबाट नै सन्तान जन्मिएको छ भने केहीको हकमा टेस्ट ट्युब बेबीको विधि नै अपनाउनुपर्ने हुन्छ।

डा.कार्कीका अनुसार विश्वभर नै आइभीएफ विधिको औसत सफलता दर ५० देखि नै ६० प्रतिशत रहेको छ भने श्रीद्धि आइभीएफमा भने यो सफलता दर ७० देखि ८० प्रतिशतसम्म रहेको छ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.