आईतवार, भाद्र २३,२०८१ 09:03:07
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 09:03:07
IME remit
Global IME Bank Limited

यी हुन् बजारमा बढी माग भएका गेमिङ ल्यापटपहरु,जो डेढ लाख रूपैयाँभन्दा कम मूल्यमा किन्न सकिन्छ ?

Hyundai Nepal
यी हुन् बजारमा बढी माग भएका गेमिङ ल्यापटपहरु,जो डेढ लाख रूपैयाँभन्दा कम मूल्यमा किन्न सकिन्छ ?
Nabil Bank Limited

काठमाण्डौ। पछिल्लो समयमा ल्यापटप र डेस्कटप कम्प्युटरहरुको निकै ठुलो आवश्यकता रहेको छ। विद्यार्थी र कार्यालयका जागिरेहरूलाई ल्यापटप र कम्प्युटरको जति आवश्यकता हुन्छ त्यो भन्दा धेरै आवश्यक अरुलाई पर्दैन्। उसो त पावरफुल कम्प्युटर र ल्यापटपको आवश्यकता गेमरहरुलाई अझ पर्ने देखिन्छ। 

हेभि गेमहरुको लागि पावरफुल प्रोसेसर र धेरै राम्रो ग्राफिक्स चाहिने हुँदा साधारण ल्यापटपहरुमा राम्रो गेमप्लेको अनुभव लिन सकिँदैन। त्यसैले गेमरहरुलाई टार्गेट गरेर गेमिङ कम्प्युटर र गेमिङ ल्यापटपहरु बनेका हुन्छन्। 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उस्तै मुल्यको लागि गेमिङ कम्प्युटरले गेमिङ ल्यापटपलाई मात दिने भएतापनि ल्यापटपलाई सरलतापूर्वक जतापनि लैजान सक्ने भएकाले धेरै मानिसहरुले डेस्कटप भन्दा ल्यापटप नै किन्ने गरेका छन्। जसमा गेमिङ ल्यापटप विशेषगरी अनलाइन गेमहरू खेल्नका लागि डिजाइन गरिएको हुन्छ।

गेमिङ ल्यापटपको प्रदर्शनी होम वा बिजनेस ल्यापटपको तुलनामा शक्तिशाली हुन्छन्। यस्तो ल्यापटपमा तात्ने समस्या कम हुन्छ। साथै, यो प्रयोग गर्दा प्रयोगकर्ताले असहजता महसुस गर्दैनन्।

गेमिङ ल्यापटप किन्दा त्यसमा प्रयोग भएको प्रोसेसर, स्टोरेज क्षमता, ग्राफिक्स, डिस्प्ले लगयात विषयलाई ध्यानमा राख्नुपर्छ। 

बजारमा दर्जनौं ब्रान्डले विभिन्न मूल्यमा गेमिङ ल्यापटप बिक्री गरिरहेका छन्। यसको मूल्य जम्मा ८० हजार रूपैयाँदेखि पाँच लाख रूपैयाँभन्दा बढी पनि पर्न सक्छ।

पछिल्लो समय बजारमा बढी रुचाइएको र माग भएका गेमिङ ल्यापटप  पाइन्छ। हेर्नुहोस् जुन तल उल्लेखित छन्।

 १. एचपी भिक्टस १५ - एफए००३१

एचपीको भिक्टस १५-एफए००३१ मा इन्टेल कोर आई५ १२४५-एच १२ औं संस्करणको (१२औं जेन) प्रोसेसर दिइएको छ। यो ८ जिबी र्‍याम र ५१२ जिबी एसएसडी स्टोरेज विकल्पमा उपलषब्ध छ। 

यसलाई बजेट-फ्रेन्ड्ली गेमिङ ल्यापटपको रूपमा लिन सकिन्छ। नेपाली बजारमा यो ल्यापटपको सरुआती बजार मूल्य ९५ हजार रूपैयाँ तोकिएको छ।  

२. एसर नाइट्रो भी १५ २०२३ आई५ १३४२० एच 

एसरको नाइट्रो सिरिजका ल्यापटपहरू गेमिङको लागि उपयुक्त मानिन्छ। तीमध्ये नाइट्रो भी १५ डेढ लाखभन्दा कम मूल्यमा उपलब्ध राम्रो गेमिङ ल्यापटप हो। यसमा विन्डोज ११ अपरेटिङ सिस्टम दिइएको छ भने दुई वर्षको वारेन्टी उपलब्ध गराइन्छ।

 नेपाली बजारमा एसर नाइट्रो भी १५ २०२३ आई५ १३४२० एचको सुरुआती मूल्य एक लाख १६ हजार रूपैयाँ तोकिएको छ। विक्रेता अनुसार मूल्य एक लाख २५ हजार रूपैयाँसम्म पर्न सक्छ। 

३. लेनेभो लिजेन ५ (एएमडी रेजेन ५ - ५६०० एच प्रोसेसर)

८ जिबी र्‍याम र ५१२ जिबी एसएसडी स्टोरेज भएको लेनोभो लिजेन ५ नयाँ गेमरको लागि उपयुक्त गेमिङ ल्यापटप हो। यसमा आरटिएक्स ३०५० टिआई ग्राफिक्स दिइएको छ भने विन्डोज १० होम अपरेटिङ सिस्टम पाउन सकिन्छ। 

यसमा फोर जोन आरजिबी ब्याकलिट किबोर्ड दिइएको छ भने स्पिकर पनि राम्रो गुणस्तरको आवाज दिने स्टिरिओ स्पिकर दिइएको छ। 

४. एसुस टियुएफ ए१५ एफए५०७आरएफ

एनभिडिया जिफोर्स आरटिएक्स २०५० ४ जिबी ग्राफिक्स कार्ड भएको एसुस टियुएफ गेमिङको लागि उपयुक्त ल्यापटपमध्ये पर्छ। यसै पनि एसुसको ल्यापटपहरूको माग बजारमा धेरै छ।

 यसमा भएको ब्याट्री र टिकाउपनका कारण ल्यापटप बढी ग्राहकहरूको रोजाइमा पर्ने गर्छ। यसमा ७२० पिक्सेलको एचडी क्यामेरा दिइएको छ। एसुस टियुएफ ए१५ एफए५०७आरएफमा ग्राहकले दुई वर्षको वारेन्टी पाउन सक्छन्।

५.एचपी भिक्टस १५  

एचपी भिक्टस १५ एएमडी रेजेन ७ ५८०० एच प्रोसेसर पाउन सकिन्छ। यसमा विन्डोज १० अपरेटिङ सिस्टम दिइएको छ भने १६ जिबीको र्‍याम र ५१२ जिबीबीको एसएसडी स्टोरेज दिइएको छ। यसमा स्ट्यान्डर्ड नोटबुक किबोर्ड पाउन सकिन्ट भने डुअल स्पिकर दिइएको छ।  

६.डेल जि१५ ५५२०

१२औं जेनेरेसनको इन्टेल कोर आई५ १२५००एच प्रोसेसर भएको डेल जि१५ गेमिङको लागि उपयुक्त ल्यापटपमध्ये पर्छ। 

यसमा विन्डोज ११ होम अपरेटिङ सिस्टम दिइएको छ। यसमा ७२० पिक्सेलको क्यामेरा दिइएको छ भने डुअर एरे माइक्रोफोन पाउन सकिन्छ।  

७.डेल इन्स्पिरोन जि१५ ५५२० आई७

डेलको इन्स्पिरोन सिरिजकै जि१५ आई७ २०२२ गेमिङको लागि प्रख्यात ल्यापटपमध्ये पर्छ। यसमा युएसबी-ए, युएसबी-सी र एचडिएमआई २.१ पोर्ट पाउन सकिन्छ। यसमा डेडिकेटेड एनभिडिया जिफोर्स आरटिएक्स ३०५० टिआई ग्राफिक्स कार्ड पाउन सकिन्छ। 

बजारमा यो मोडल एक लाख ५५ हजार रूपैयाँबाट उपलब्ध छ। यद्यपि यसको मूल्य अधिकतम एक लाख ८५ हजार रूपैयाँसम्म बजारमा पाउन सकिन्छ। 

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X