काठमाण्डौ। ग्लोबल टच नेपालले साउन ८ र ९ गते ‘ग्लोबल एजुकेसन फेयर’गर्ने भएको छ। साउन ८ र ९ गते बानेश्वरस्थित आफ्नै कार्यालयमा ग्लोबल टचले ‘ग्लोबल एजुकेसन फेयर २०२४’ गर्न लागेको ग्लोबल टच नेपालले जनाएको छ।
‘ग्लोबल एजुकेसन फेयर’ दुई दिनसम्म चल्नेछ। जसमा करिब १ हजार विद्यार्थीहरू सहभागी हुनेछन्। विद्यार्थीहरूले आएल्स, पिटिई, टोफेलमा ५० प्रतिशत छुट पाउने छन्।
अमेरिका, अस्ट्रेलिया, युके लगायत विभिन्न देशका ख्यातिप्राप्त विश्वविद्यालयका प्रतिनिधिहरूले विद्यार्थीहरूलाई प्रशिक्षण दिनेछन्।
उक्त एजुकेसन फेयर यही जुलाई २३ र २४ तारिक बिहानीको १० बजेदेखि बेलुकी ५ हुने ग्लोबल टच नेपालले जनाएको छ।