बुधबार, माघ २३,२०८१ 12:25:44
IME remit
  • बुधबार, माघ २३,२०८१ 12:25:44
IME remit
Global IME Bank Limited

एकल बीमाशुल्क योजनाबाटै रु.७ अर्ब संकलन, के हो एकल बीमाशुल्क योजना ?

के–के छन् फाइदा/बेफाइदा ?

Hyundai Nepal
एकल बीमाशुल्क योजनाबाटै रु.७ अर्ब संकलन, के हो एकल बीमाशुल्क योजना ?
Nabil Bank Limited

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले एक वर्षमै एकल बीमाशुल्क अन्तर्गत बीमालेख बिक्री गरी ७ अर्ब रुपैयाँ भन्दा बढी प्रथम बीमाशुल्क आर्जन गरेका छन् ।  

सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीमध्ये १३ कम्पनीले गत आर्थिक वर्षमा ७ अर्ब ६ करोड १८ लाख रुपैयाँ एकल बीमाशुल्क आर्जन गरेका हुन् ।  

राष्ट्रिय जीवन बीमा कम्पनीबाहेक सबै जीवन बीमकहरुले एकल बीमाशुल्क अन्तर्गत बीमालेख बिक्री गरी प्रथम बीमाशुल्क संकलन गरेका छन् ।  

गत आर्थिक वर्षमा यस्तो बीमाशुल्क सर्वाधिक संकलन गर्नेमा नेपाल लाइफ रहेको छ । कम्पनीले आव २०८०/८१ मा २ अर्ब १८ करोड रुपैयाँ एकल बीमाशुल्क आर्जन गरेको छ । यो सबै जीवन बीमकहरुले संकलन गरेको एकल बीमाशुल्कको ३०।८७ प्रतिशत हिस्सा हो ।  

त्यस्तै, दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्सले १ अर्ब ८९ करोड ३० लाख रुपैयाँ एकल बीमाशुल्क संकलन गरेको छ । यता एशियन लाइफले पनि ६४ करोड ५ लाख रुपैयाँ एकल बीमाशुल्क संकलन गरेको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

यसका साथै मेट लाइफले ५३ करोड ८ लाख, सुर्यज्योति लाइफले ३७ करोड ४१ लाख, सिटिजन लाइफले ३३ करोड ४४ लाख, एलआइसी नेपालले २६ करोड ९ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले २१ करोड ५८ लाख, प्रभु महालक्ष्मी लाइफले १८ करोड २५ लाख, सन नेपाल लाइफले १७ करोड ५३ लाख, हिमालयन लाइफले १५ करोड १४ लाख, आइएमई लाइफले ८ करोड ८ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफले ४ करोड ५ लाख रुपैयाँ एकल बीमा शुल्क संकलन गरेका छन् ।  

के हो एकल बीमाशुल्क योजना ?  

जीवन बीमा कम्पनीहरुले विभिन्न बीमालेख बिक्री गरेर प्रिमियम संकलन गरेका हुन्छन् । बीमाको सिद्धान्तअनुरुप कम्पनीहरुले पोलिसी बिक्री गर्दा किस्ता–किस्तामा प्रिमियम संकलन गर्नुपर्ने हुन्छ ।  

जीवन बीमा कम्पनीहरुले एक बीमितको जीवन बीमा गर्दा पहिलो किस्ता वापत संकलन गर्ने रकमलाई प्रथम बीमाशुल्कको रुपमा गणना गरेका हुन्छन् । सोही बीमितको दोस्रो किस्ताको प्रिमियम रकमलाई भने नविकरण बीमाशुल्कको रुपमा गणना गरेका हुन्छन् ।

जीवन बीमामा सरिक भएका बीमितको पहिलो प्रिमियम किस्ता मात्रै प्रथम बीमा शुल्कको रुपमा रहन्छ ।  

बीमा कम्पनीले बीमालेख बिक्रीमा एकल बीमाशुल्कको पनि सुविधा ल्याएका हुन्छन् । कुनै पनि बीमितले लामो अवधिको लागि बीमा गर्दा अवधिभरीको बीमाशुल्क एकै पटकमा बीमा कम्पनीलाई भुक्तानी गर्छ भने त्यो एकल बीमाशुल्क मानिन्छ ।  

बीमाको बुझाई अर्थात् सिद्धान्तअनुसार लामो अवधिको जीवन बीमा खरिद गर्दा बीमितले नियमितरुपमा बीमा अवधिभर सीमित रकम बीमाशुल्कवापत किस्ताबन्दीमा भुक्तानी गरेका हुन्छन् । तर एकल बीमाशुल्क त्यस्तो व्यवस्था हो जहाँ बीमितले कति बीमांक रकम र अवधिको लागि बीमालेख खरिद गरेको छ सोही रकम एकैपटकमा बीमा कम्पनीलाई भुक्तानी गरेको हुन्छ ।  

बीमितले बीमा अवधिभरीको बीमाशुल्क एकैपटक बीमकलाई भुक्तानी गर्ने हुनाले यो बीमाशुल्कलाई पनि प्रथम बीमा शुल्ककै रुपमा मापन गरिएको हुन्छ ।  

के छ यसको फाइदा/बेफाइदा ?  

एकल बीमाशुल्क योजनामा बीमा कम्पनीलाई फाइदा हुन सक्छ भने बीमितलाई फाइदा भन्दा बढी वेफाइदा हुन सक्छ । एकल बीमा शुल्कका पोलिसीहरुमा बीमाभन्दा पनि बढी गलत धन्दा मौलाएकाले केही समयअघि नेपाल बीमा प्राधिकरणे यस्तो पोलिसीमा कडाई गरेको थियो ।  

एकल बीमाशुल्कअन्तर्गत पोलिसी लिनेहरुले बीमालेख लिएको केही समयमै ऋण लिने र अर्को वर्ष सरेण्डर गर्ने विकृति बढेपछि प्राधिकरणले न्यूनतम ३ वर्षसम्म सरेण्डर गर्न नपाउने व्यवस्था ल्याएको थियो ।  

एकल बीमाशुल्कले अभिकर्ताको कमिसनमा मात्रै फाइदा पुग्न सक्छ भने यसबाट जीवन बीमक र बीमित दुबैलाई जोखिम हुन सक्छ । बीमितले बीमा अवधिभरीको बीमाशुल्क कम्पनीलाई भुक्तानी गर्दा अभिकर्ताले सबै पाउनुपर्ने कमिसन प्राप्त गर्छ ।  

तर बीमितले ३ वर्षपछि कर्जा लिएर पोलिसी सरेण्डर गर्यो भने बीमा कम्पनी र स्वयं बीमितलाई नै नोक्सानी हुन सक्छ । यदि एकल बीमाशुल्क योजनामा बीमितले बीमालेख खरिद गरेर पोलिसी सरेण्डर नगर्ने हो भने बीमा कम्पनीले प्राप्त बीमाशुल्क विभिन्न क्षेत्रमा लगानी गर्न अवसर प्राप्त हुन सक्छ । साथै बीमालेख समेत व्यतित नहुने अवस्था हुन्छ ।  

एकल बीमाशुल्कमा आउन सक्ने समस्या भनेकै बीमितले सरेण्डर गर्नु हो । जीवन बीमा कम्पनीहरुमा पोलिसी त्याग गर्नेको संख्या बढ्दै जाँदा एकमुष्ठ प्रिमियम तिरिसकेका केही बीमितले ३ वर्षपछि कर्जा लिएर पोलिसी नै सरेण्डर गर्न सक्छन् । तर यसबाट बीमित र बीमक दुबैलाई वेफाईदा छ ।  

साथै बीमितले एकल बीमाशुल्क अन्तर्गत पोलिसी खरिद गर्दा न्यूनत प्रतिफल पाउने सम्भावना बढी हुन्छ । साथै बीमितले ३ वर्षपछि पोलिसी सरेण्डर नै गरेपनि न्यून रकम मात्रै प्राप्त हुन्छ । बीमितले बीमालेख कर्जा प्राप्त गर्न वा सरेण्डर गर्न चाहेको अवस्थामा आफुले भुक्तानी गरेको भन्दा निकै कम रकम मात्रै प्राप्त हुन जान्छ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.