काठमाण्डौ। एक बर्षको अवधिमा सरकारले १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँको व्यापार घाटा व्यहोरेको छ। आर्थिक वर्ष २०८०/८१ मा नेपालको व्यापार घाटा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख ८४ हजार रुपैयाँ पुगेको भन्सार विभागले जनाएको छ। नेपालले एक बर्षको अवधिमा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख ८४ हजार रुपैयाँ व्यापार घाटा पुगेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ।
यस्तै, एक वर्षमा नेपालले १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख ४४ हजार रुपैयाँको सामान निर्यात गरेको छ। यसअघि आर्थिक वर्ष २०७९/८० मा देशको निर्यात १ खर्ब ५७ अर्ब १४ करोड ६ लाख ९५ हजार रुपैयाँ रहेको थियो। जुन आर्थिक वर्ष २०८०/८१ मा ३.०३ प्रतिशतले घटेको छ।
गत आर्थिक वर्ष २०७९/८० मा नेपालको व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख ७४ हजार रुपैयाँ रहेको थियो। भन्सार विभागका अनुसार एक वर्षमा नेपालले कुल आयात १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख २८ हजार रुपैयाँको आयात गरेको छ।
गत आर्थिक वर्ष २०७९/८० मा देशको कुल आयात १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजार रुपैयाँ रहेको थियो। जुन आर्थिक वर्ष २०८०/८१ मा १.१६ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ।