सोमबार, बैशाख ८,२०८२ 06:26:25
IME remit
  • सोमबार, बैशाख ८,२०८२ 06:26:25
IME remit
Global IME Bank Limited

यो हो २५ हजारसम्मको अनेक विकल्प भएको नयाँ स्मार्टफोन भिभो वाई २८,हेर्नुहोस् के के छन् विशेषता ?

Hyundai Nepal
यो हो २५ हजारसम्मको अनेक विकल्प भएको नयाँ स्मार्टफोन भिभो वाई २८,हेर्नुहोस् के के छन् विशेषता ?
Nabil Bank Limited

काठमाण्डौ। फोन किन्नु अघि त्यसमा भएका विशेषता र फिचरहरूबारे राम्ररी बुझ्न जरुरी छ। कुन प्रयोजनको लागि किन्ने हो त्यो पनि ख्‍याल गर्नुपर्ने हुन्छ। खासगरी त्यसको डिस्प्ले,पर्फमेन्स, स्टोरेज, क्यामेरा, ब्याट्री कस्तो छ भन्ने बुझ्नुपर्छ। अहिलेको समयमा स्मार्टफोन खरिद गर्दा त्यसमा एमोलेड वा उच्च गुणस्तरको एलसिडी स्क्रिन (डिस्प्ले) भएको किन्नु उपयुक्त हुन्छ।

आज हामीले भिभो वाई सिरिजको नयाँ स्मार्टफोनको बारेमा तपाईँ जानकारी गराउँदैछौँ। जुन छ हजार एमएएच क्षमताको ब्याट्री, राम्रो लुक्स, डुअल स्टेरियो स्पिकर, यूआई कस्टमाइजेसनका विविध विकल्पसहितको फोन हो, भिभो वाई सिरिजको नयाँ स्मार्टफोन भिभो वाई २८।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

जसको मूल्य नेपाली बजारमा २४ हजार ९९९ रुपैयाँ रहेको छ। केही समय अगाडि मात्र सार्वजनिक भएको यो फोनको ब्याक प्यानल आकर्षक छ। जसलाई म्याट फिनिस दिइएको छ। यसले गर्दा फोनको ब्याक प्यानलमा औँलाका छापहरू बस्दैनन्। प्रायः भिभो फोनको लुक्स आकर्षक नै हुने गर्छ। भिभो वाई २८ कै कुरा गर्ने हो भने पनि यो फोन हलुका र आकर्षत दुबै छ।

यो फोन अर्को ग्लिमिङ अरेन्ज (Gleaming Orange) कलरमा पनि उपलब्ध छ। फोनको पछाडि भागमा डुअल क्यामेरा सेटअपसहित एउटा फ्ल्याश र अर्को डाइनामिक लाइट पनि देख्न सकिन्छ। कम्पनीले फोनमा पन्च होल डिस्प्ले उपलब्ध गराएको छ। फोनको साइडमा भोलुम बटन र फिंगरप्रिन्ट सेन्सरसँगै पावर बटन छ। फोनको देब्रे तर्फ सिमकार्ड ट्रे छ, जहाँ दुई ओटा नानो सिम र एउटा माइक्रो एसडी कार्डको स्पेस दिइएको छ। यस्तै फोनको तलपट्टि अडिओ ज्याक पोर्ट, यूएसबी पोर्ट, माइक्रोफोन र स्पिकर पाउन सकिन्छ। 

फोनमा ९० हर्जसहितको ६.६८ इन्चको आईपीएस एलसीडी डिस्प्ले छ। जसको ब्राइटनेस भने एक हजार निट्ससम्म रहेको छ। फोनमा बेजल्स पनि खासै छैन, तर फोनको तलपट्टि अरू भागको तुलनामा अलिकति धेरै देखिन्छ। फोनको क्यामेराको कुरा गर्ने हो भने यसमा डुअल क्यामेरा सेटअप दिइएको छ, जहाँ मुख्य क्यामेरा ५० मेगापिक्सेल र डेप्थ सेन्सर २ मेगापिक्सेलको रहेको छ। 

फोनको अगाडि भागमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा पाउन सकिन्छ। फोटोको गुणस्तरको कुरा गर्नु पर्दा प्रकाश पर्याप्त भएको खण्डमा फोटो राम्रै आउँछ। तर प्रकाश राम्रोसँग नपुगेको खण्डमा भने यसबाट कामचलाउ फोटोको मात्र अपेक्षा गर्न सकिन्छ। यसबाट खिचिएको पोट्रेट फोटो यहाँ हेर्न सक्नुहुन्छ।

क्यामेरामा फिल्टर, लाइट इफेक्ट पनि प्रयोग गर्न मिल्छ भने यसमा फोटो, भिडिओ, पोट्रेटसँगै नाइट, टाइमल्याप्स, स्लोमो जस्ता अन्य फिचर पनि छन्। फ्रन्ट क्यामेराको गुणस्तर पनि राम्रै छ। सामान्य सेल्फी खिच्दा पनि फिल्टर, लाइट इफेक्ट प्रयोग गर्न मिल्छ भने पोट्रेटमा भने ब्युटी र पोस्चर्स मिलाएर फोटो खिच्न मिल्ने सुविधा पनि छ।  

तपाईंले कस्तो प्रकारको पोट्रेट खिच्ने, सोही प्रकारको पोस्चर क्यामेराबाट छानेर आफ्नो फोटो त्यस्तै आउने गरी खिच्न सक्नुहुन्छ। यस्तै ब्युटीबाट भने छालाको रंग मिलाउने, अनुहारको आकार मिलाउने लगायतका काम गर्न सकिन्छ। भिडिओको कुरा गर्ने हो भने यो फोनबाट ३० एफपीएसमा १०८० पिक्सेलसम्मको खिच्न सकिन्छ। भिडिओको गुणस्तर भने फोनको मूल्य अनुसार राम्रै भन्नु पर्छ, तर भिडिओमा स्टेबलाइजेसन पनि त्यति राम्रो छैन्। 

फोनको ब्याट्रीको विषयमा कुरा गर्नु पर्दा यसमा छ हजार एमएएच क्षमताको ब्याट्री छ। भिभोको फोनमा पहिलो पटक ६ हजार एमएएच क्षमताको ब्याट्री भएको फोन यही भएको कम्पनीको भनाई छ। फोनको ब्याट्री चार्ज गर्न ४४ वाटको एडप्टर उपलब्ध गराइएको छ। त्यतिमात्र नभएर यस फोनको ब्याट्री हेल्थमा चार वर्षको वारेन्टी पनि दिइएको छ। अर्थात् १६०० चार्जिङ साइकल रहेको फोनको ब्याट्री चार वर्षसम्म निर्धक्क चलाउँदा पनि ८० प्रतिशत ब्याट्री हेल्थ बाँकी रहने कम्पनीको भनाइ छ। 

जुन यो फोनको एउटा सबल पक्ष हो। मलाई भने फोन फुल चार्ज गर्न एक घण्टा ४० मिनेट जति लागेको थियो। यसबाट सामान्य प्रयोगमा दुई दिन जति मज्जाले टिक्छ। फोनको पर्फमेन्सको कुरा गर्ने हो भने एन्ड्रोइड १४ मा आधारित यो फोनमा भिभोको आफ्नै फनटच ओएस १४ पाउन सकिन्छ। प्रोससरमा भने यसमा मिडियाटेक हेलियो जी८५ दिइएको छ। 

जुन चार वर्ष अगाडि सार्वजनिक भएको थियो। सामान्य तरिकाले फोन प्रयोग गर्न, सामाजिक सञ्जाल चलाउन, भिडिओ हेर्न, सामान्य गेम खेल्न यो प्रोसेसरले राम्रै साथ दिन्छ। तर धेरै हेभी टास्क भने यसमा नगर्दा नै ठिक हुन्छ। फोनको यूआई पनि प्रयोगकर्तामैत्री नै छ।

यदि तपाईं फोनको डाइनामिक इफेक्टमा जानुहुन्छ भने त्यहाँ तपाईंले चार्जिङ एनिमेसन, फेस रिकग्निसन एनिमेसन, र अरू धेरै कुरा कस्टमाइज गर्न मिल्ने अप्सन पाउन सक्नु हुन्छ। फोनको अर्को रोचक पक्ष भनेको डाइनामिक लाइट हो। फोनको पछाडि रिङ जस्तो देखिने लाइटलाई इनेबल गरेर कस्टमाइज गर्न सकिन्छ। 

जस्तो कि फोन आउँदा, नोटिफिकेसन आउँदा वा गीत सुन्दा फरक फरक प्याटर्नबाट यहाँ बत्ति बल्छ। यस्तो हुँदा कुनै महत्त्वपूर्ण एपको मेसेज नछुटोस् भन्ने चाहनुहुन्छ अथवा डेडिकेटेड एप वा सम्पर्क नम्बरको लागि मात्र पनि तपाईंले यो फिचर सेट गर्न सक्नुहुन्छ। 

एकचोटिमै धेरै काम गर्नको लागि भने यसमा स्प्लिट स्क्रिन, स्मल विन्डो, स्मल साइडबार जस्ता विशेषताहरू पनि छन्, जसले तपाईंलाई फोन चलाउन सहज बनाउँछ। फोनको अर्को राम्रो पक्ष भनेको यसमा भएको डुअल स्टेरिओ स्पिकर हो। सामान्यतया हामी यत्तिको मूल्यमा आउने फोनमा मोनो स्पिकर पाइराखेका हुन्छौं। तर यसमा त डुअल स्टेरिओ स्पिकर नै छ, त्यो पनि ३०० प्रतिशत भोलुम बुस्टर सहित। यसले गर्दा फोनको अडिओ गुणस्तर भने राम्रो लाग्यो। 

कनेक्टिभिटिको लागि फोनले डुअल ब्यान्ड वाईफाई सपोर्ट गर्छ भने फोनमा ब्लुटुथ भर्सन ५ पाउन सकिन्छ। सुरक्षाको हिसाबले फोनमा पिन, पासवर्ड, फिङ्गरप्रिरन्ट, फेसलक जस्ता फिचर दिइएका छन्। साथै फोनले पानी तथा धुलो प्रतिरोधात्मक हुनका लागि आईपी ६४ रेटिङ पाएको छ। 

स्टोरेजको कुरा गर्नु पर्दा भिभो वाई २८ मा आठ जीबी एलपीडीडीआरफोरएक्स (LPDDR4X RAM) र्‍याम छ, जसलाई भर्चुल रूपमा १६ जीबीसम्मको बनाउन मिल्छ। त्यसैगरी ईएमएमसी ५.१ मा आधारित १२८ जीबी आन्तरिक स्टोरेज यसमा पाउन सकिन्छ। फोनको अर्को भेरियन्ट भने आठ जीबी र्‍याम र २५६ जीबी इन्टर्नल स्टोरेजमा रहेको छ, जसको मूल्य नेपाली बजारमा २६ हजार ९९९ रुपैयाँ पर्छ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.