काठमाण्डौ । काठमाण्डौ विमानस्थलमा दुर्घटना परेको सौर्य एअरलाइन्सको विमानमा रहेका यात्रुहरुको परिचान खुलेको छ । पोखराका लागि उडेको सौर्य एअरलाइन्सको विमान १९ जना सवार थिए । उक्त जहाज इन्जिन परीक्षण तथा पूर्ण मर्मत (सी–चेक) का लागि पोखरातर्फ उडेको खुलेको छ ।
विमान रहेका यात्रुहरु सौर्यका इन्जिनियर तथा प्राविधिकहरु रहेको खुलेको छ । विमानभित्र अमितमान श्रेष्ठ,सागर आर्चाय,दिलीप बर्मा,मनु राज शर्मा,आश्विन निरौला,सुदिप लाल जोशी, सरवेश मरासीनी,श्याम विन्दुकार, नवराज आले,राजाराम आर्चाय,प्रिजा खतिवडा,अधिराज शर्मा, उद्धव पुरी,यज्ञ प्रसाद पौड्याल, सन्तोष महतो,पुन्य रत्न शाही र अरिफ रेडा सवार थिए ।
यस्तै विमानमा क्याप्टेन एमआर शाक्य र को–पाइलट एस कटुवाल समेत थिए ।