काठमाण्डौ । दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजले २१ वर्ष ४ महिना उडान भरिसकेको खुलेको छ । आज त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भएको ९ एन–एएमई जहाज बम्बार्डियर सीआरजे २०० सिरिजको हो । यो जहाज क्यानडाको मोन्ट्रियलमा बनेको हो ।
सौर्य एयरलाइन्सले खरिद गर्नुअघि यो जहाज ५ वटा कम्पनीले उटाईसकेका थिए । यो जहाजलाई सबैभन्दा पहिले सन् २००३ मा अमेरिकाको एट्लान्टिक कस्ट एयरलाइन्सले खरिद गरेको थियो । यसपछि यसलाई अगस्ट २००४ मा अमेरिकाको इन्डिपेन्डेन्स एयरले खरिद गरेको थियो ।
यो जहाजलाई इन्डिपेन्डेन्स एयरले जुन २००७ सम्म प्रयोग गरेको थियो । सन् २००८ मा इन्डिपेन्डेन्स एयरले यो जहाज नाइजेरियाको एरिक एयरलाई बिक्री गरेको थियो । एरिकले पनि सन् २००८ मा दक्षिण अफ्रिकाको साउथ अफ्रिकन एक्सप्रेसलाई बिक्री गरेको थियो । यो जहाजलाई कम्पनीले करिब १० वर्ष चलाएको थियो । त्यपछि
सन् २०१७ मा अमेरिकाका लिजिङ कम्पनी एरोलिजले खरिद गरेको थियो सौर्य एयरलाइन्सले मार्च २०१७ मा यो जहाजलाई खरिद गरेको थियो ।
कम्पनीले विमानको इन्जिन परीक्षणका लागि काठमाण्डौबाट पोखरा विमानस्थल लैजाने निर्णय गरेको थियो । जस क्रममा आज उक्त जहाज काठमाण्डौको त्रिभुवन विमानस्थलमा दुर्घटना परेको छ । यो दुर्घटना १८ जनाको मृत्यु भएको छ भने विमानका मुख्य पाइलटको उपचार भईरहेको छ ।