आईतवार, भाद्र २३,२०८१ 08:57:18
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 08:57:18
IME remit
Global IME Bank Limited

सौर्य एयरलाइन्सको जहाज कसरी पर्‍यो दुर्घटनामा ? हेर्नुहोस् यस्ता छन् प्रारम्भिक कारण

Hyundai Nepal
सौर्य एयरलाइन्सको जहाज कसरी पर्‍यो दुर्घटनामा ? हेर्नुहोस् यस्ता छन् प्रारम्भिक कारण
Nabil Bank Limited

काठमाण्डौ। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पोखराका लागि उडान भर्ने क्रममा केही माथि पुगेलगत्तै सौर्य एयरको जहाज एक्कासी अनियन्त्रित हुन् पुग्यो। थोरैमाथि गए लगत्तै अनियन्त्रित भएको जहाज कहिले दायाँ, कहिले बायाँ गर्दै विमानस्थलको रनवेबाट पूर्वतर्फ रहेको घासे मैदानमा खस्न पुग्यो। त्यसपछि जहाज करिब दुई सय मिटर घिस्रिँएको भुँईमा ह्यांगरमा रहेको कन्टेनरलाई घिसार्दै पूर्वतर्फ काँडाघारीतर्फको हाइवे नजिक पुगेर खस्यो र जहाजमा आगो लाग्न पुग्यो। जहाजमा कम्पनीकै प्राविधिकसहित केही बाहिरका सवारहरू पनि सवार थिए। एयरलाइन्सका अनुसार १७ जना सवारमध्ये एक जना बालकसहित १६ जना पुरुष र एक जना महिला छन्।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

दुई जना चालक दलमा क्याप्टेन मनिषरत्न शाक्य र को–पाइलट सुशान्त कटवाल थिए। जसमध्ये पाइलट शाक्य मात्र जीवित छन्। क्याप्टेन शाक्यको घाइते अवस्थामा उद्धार गरिएको छ। क्याप्टेन शाक्यको अहिले काठमाडौँ शिक्षण अस्पताल (केएमसी) सिनामंगलमा उपचार भइरहेको छ। उनको अवस्था खतरामुक्त रहेको छ।  

१८ जना मृतकको विवरण हेर्नुहोस् :

१.अमितमान महर्जन

२.सागर आचार्य

३.दिलिप बर्मा

४.मनुराज शर्मा

५.आश्विन निरौंला

६.सुदिपलाल जोशी

७.सर्वेश मरासिनी

८.श्याम विन्दुकार

९.नवराज अली

१०.राजाराम आचार्य

११.प्रिजा खतिवडा

१२.अधिराज शर्मा (बालक)

१३.उद्धव पुरी

१४.योग्यप्रसाद पौड्याल

१५.सन्तोष महतो

१६.पुण्य रत्न शाही

१७.अरिफ रेडा (यमनी)

१८.सुसान्त कट्वाल– (पाइलट) रहेका छन्।  

जहाजले बिहान ११ः११ बजेट टेकअफ (उडान) गर्दै थियो। रनवे छोडेको केही सेकेन्डमा नै जहाज अनियन्त्रित भएर जमिनमा बजारिन पुगेको नागरिक उड्डयन प्राधिकरणले बताएको छ। जहाज दुर्घटनामा परे लगत्तै उद्धारमा खटिए पनि क्याप्टेनबाहेक अरूलाई जीवित उद्धार गर्न नसकिएको त्रिभुवन विमानस्थलले जनाएको छ।

घाइते क्याप्टेन शाक्यको केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटनामा परेर निधन भएकाहरूको शव त्रिवि शिक्षण शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ। उनीहरुको पोस्टमर्टम भइरहेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार एउटा शव पोस्टमर्टम गर्नका लागि न्यूनतम ४ घन्टा लाग्ने भएकाले काठमाडौंसँगै ललितपुर, भक्तपुर र धुलिखेल अस्पतालका पोस्टमर्टम डाक्टरलाई महाराजगन्जमा बोलाइएको छ। 

२५ जनाको टोलीले पोस्टमर्टम गरिरहेको छ। पोस्टमर्टम गरेको ७२ घन्टापछि मात्र मृतकको परिवारलाई शव बुझाइने बताइएको छ। यसैबिच त्रिवि परिसरमा आफन्तहरूको भिड लागेको छ। आफन्तहरू भावविह्वल बन्दै शोकाकुल देखिन्छन्। जहाज ‘टेक अफ’ भएको केहीबेरमै विमानस्थल नजिकै दुर्घटनाग्रस्त बनेको थियो। दुर्घटनामा मृत्यु भएकाहरु अधिकांश कर्मचारी रहेको बताइएको छ।

दुर्घटनाको मुख्य कारण भने छानबिन आयोगको प्रतिवेदनबाटै खुल्ने जनाइएको छ। त्यो अगाडि कुनै पनि जहाज दुर्घटनाका कारणबारे आकलन गर्न मुस्किल पर्ने बताइन्छ। सरकारले जहाज दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।

रतिश चन्द्रलाल सुमनको संयोजकत्वमा गठित समितिमा ५ सदस्य रहेका छन्। सदस्यहरू नेपाल वायुसेवा निगमका क्याप्टेन दिपुराज ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक डा.सुदीप भट्टराई, श्री एयरलाइन्सका कर्मचारी सञ्जय अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका कन्ट्रोल अफिसर मुकेश डंगोल रहेका छन्। समितिले ४५  दिनभित्र प्रतिवेदन बुझाउनपर्नेछ।

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X