शनिबार, श्रावण ९,२०८३ 12:29:32
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 12:29:32
Bizshala
Global IME Bank Limited

‘लचक मौद्रिक नीतिः निर्माण व्यवसायीलाई बम्पर, बैंकलाई राहात’

‘लचक मौद्रिक नीतिः निर्माण व्यवसायीलाई बम्पर, बैंकलाई राहात’
New Office

काठमाण्डौ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)हरुको छाता संस्था नेपाल बैंकर्स एशोसिएसनका भाइस प्रेसिडेन्ट सन्तोष कोइरालाले निकै लचक मौद्रिक नीति आएको बताएका छन् ।  

व्यवसायदेखि बैंकहरुसम्मका समस्यालाई सम्बोधन गर्ने गरी नीतिगत व्यवस्थाहरु आएका उनको भनाई छ । 

 

माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत समेत रहेका कोइरालाको विचारमा मौद्रिक नीतिले लिएको निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर १२.५ प्रतिशत हुने लक्ष्य तथा प्रक्षेपण पूरा हुने खालका नीतिगत व्यवस्थाहरु भएका छन् ।  

अझ अर्थतन्त्रको मेरुदण्ड मानिएको निर्माण क्षेत्रका लागि त मौद्रिक नीतिले बम्पर व्यवस्थाहरु गरिदिएको छ । कोइरालाले बिजशालासँग भने-'मौद्रिक नीतिका कारण शिथिल बनेको बजार चलायमान हुने भयो ।'

उनकाअनुसार बैंक तथा वित्तीय संस्थाहरुका लागि समेत राहात हुने खालका नीतिहरु आएका छन् । पूँजीकोषको दवाब लगायतका समस्याबाट पीडित बनेका बैंकहरुले मौद्रिक नीतिपछि राहातको श्वास फेर्ने अवसर पाएका समेत उनले प्रतिक्रिया दिए ।  

'समग्रमा भन्नुपर्दा अब कर्जा बिस्तार हुने वातावरण बनेको छ । बैंकहरुले थप केही काम गर्ने अवस्था बनेको छ ।'-उनले भने ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.