बुधबार, कार्तिक ४,२०८३ 04:12:36
  • बुधबार, कार्तिक ४,२०८३ 04:12:36
Global IME Bank Limited

गुगलले कसरी गर्छ आम्दानी ? थाहा पाउनुहोस् !

Bizshala
गुगलले कसरी गर्छ आम्दानी ? थाहा पाउनुहोस् !
New Office

काठमाडौ। गुगल एक विश्व प्रसिद्ध प्रविधि कम्पनी हो जसका विभिन्न सेवाहरु विश्वका करोडौं मानिसले प्रयोग गर्दछन्। प्रविधिका धेरै क्षेत्र छन्। यी सबै इन्जिन संसारमा गुगलकै कमाल हुन्। गुगलका सर्च इन्जिन तथा एन्ड्रोइड अपरेटिङ सिस्टम जस्ता सेवाहरुबाट संसारका धेरै मानिस लाभान्वित हुँदै आएका छन्। गुगलका यी धेरै लोकप्रिय सेवाहरु निःशुल्क रुपमा उपलब्ध छन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

गुगलले यसरी गर्छ सर्च 
कुनै पनि किवर्ड समावेश हुँदा गुगलले सबैभन्दा पहिले ‘क्रोलर’ को माध्यमबाट वेब स्क्यान गर्दछ। क्रोलरको भूमिका सर्चमा सबैभन्दा महत्वपूर्ण हुन्छ। क्रोलर्सलाई हामी सानो रोबोट जस्तै सम्झिन सक्छौं। जसले गुगललाई इन्टरनेटमा रहेका सबै वेबसाइट अथवा फाइलका बारेमा जानकारी दिन्छ। ति जानकारीहरुलाई उसले गुगलको सर्भरमा पठाउँछ।

तर गुगल यस्तो कम्पनी हो जसले हरेक हरेक वर्ष ३ खर्ब डलरभन्दा धेरै रकम आम्दानी गर्दछ। गुगलले प्रयोगकर्तालाई अधिकांश सेवा निःशुल्क उपलब्ध गराउँदा समेत यति धेरै आम्दानी कसरी गर्दछ छ ? आउनुहोस् यसबारेमा जानौँ।

अपरेटिङ सिस्टमबाट आम्दानी

विश्व स्मार्टफोन बजारमा एन्ड्रोइडको बर्चस्व छ। स्मार्टफोन अपरेटिङ सिस्टममा एन्ड्रोइडको हिस्सा करीब ८५ प्रतिशत रहेको छ।

गुगलको अपरेटिङ सिस्टम स्मार्टफोनमा मात्र होइन स्मार्ट वाच, ट्याबलेट तथा स्मार्ट टिभीमा पनि रहेको छ। स्मार्ट वाच, ट्याबलेट तथा स्मार्ट टिभीको अपरेटिङ सिस्टमका लागि गुुगलले कुनै शुल्क लिँदैन।

तर गुगलले अपरेटिङ सिस्टमबाट मोटो कमाइ गरिरहेको हुन्छ । एन्ड्रोइडबाट गुगलले आम्दानी गर्ने प्रमुख स्रोत गुगल प्ले स्टोर, गुगल प्ले म्युजिक, गुगल प्ले बुक, गुगल प्ले गेम्स, गुगल प्ले मुभी एण्ड टिभी, गुगल प्ले न्युजस्टाण्ड रहेका छन्।

गुगलको आम्दानीको मुख्य स्रोत विज्ञापन नै हो। हामीलाई थाहै छ कि गुगलले प्रयोगकर्तालाई धेरै विज्ञापन देखाएर राम्रो कमाइ गर्दछ। तपाईंले प्रायः स्मार्टफोन, ट्याबलेट तथा अन्य डिभाइसमा गुगलका कैयन् विज्ञापन देख्नुभएकै होला । धेरैले त यी विज्ञापनमा ध्यान दिँदैनौँ। तर गुगलले तिनै विज्ञापनबाट निकै राम्रो आम्दानी गरिरहेको हुन्छ।

गुगलले आफ्नो सर्च इन्जिनका अलावा युट्युब तथा गुगल म्यापबाट समेत आम्दानी गरिरहेको हुन्छ। त्यस्तै गुगलले गुगल क्लाउड तथा गुगल ड्राइभ सब्सक्रिप्सनबाट पनि पैसा कमाउँदछ।

स्मरण रहोस् गुगलले आफ्नो नेभिगेसन सर्भिसका माध्यमबाट पनि मोटो रकम कमाएको हुन्छ। गुगलले यसका लागि विश्वभर धेरै एग्रिगेटर अर्थात् संकलकसँग साझेदारी गरेको छ।

यो सेवाको प्रयोगका लागि एग्रिगेटरबाट उनीहरुको आम्दानीको करीब ३० प्रतिशत हिस्सा गुगलले असुल्दछ। -एजेन्सीको सहयोगमा

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.