मंगलवार, आश्विन १,२०८१ 12:53:31
IME remit
  • मंगलवार, आश्विन १,२०८१ 12:53:31
IME remit
Global IME Bank Limited

बिरामीको मृत्यु भएपछि किष्ट अस्पतालमा तनाब, आफन्तजन भन्छन् ‘यस्तो हस्पिटल बन्द होस्’

Hyundai Nepal
बिरामीको मृत्यु भएपछि किष्ट अस्पतालमा तनाब, आफन्तजन भन्छन् ‘यस्तो हस्पिटल बन्द होस्’
Nabil Bank Limited

काठमाण्डौ । ललितपुरको ग्वार्कोमा रहेको किष्ट शिक्षण अस्पतालमा २७ वर्षिय पत्थरीको बिमारीको अप्रेसनको क्रममा मृत्यु भएपछि तनाब उत्पन्न भएको छ । पाल्पा घर भएकी खुशी मगरको पित्तथैलीको अप्रेसनमा चरम लाप्रवाही भएर मृत्यु भएको उनका आफन्तजनहरुले बताएका छन् ।  

हस्पिटलमा २१ गते अप्रेसनका लागि भर्ना भएकी मगरको पित्तथैलीको सामान्य अप्रेसनमा पनि अस्पतालले ठूलो लाप्रवाही गरेको आफन्तहरुको भनाइ छ । मगरको मृत्यु भएपछि हस्पिटलमा ठुलो संख्यामा उनका आफन्त तथा छिमेकीहरु भेला भएका छन् । बिरामीको मृत्यु केही दिन अघि नै भएपनि झडप हुने आशंकामा हस्पिटलले ठुलो मात्रामा प्रहरी तथा बाउन्सर प्रयोग गरेको त्यहाँ रहेका विरामीका आफन्तहरुले बताएका छन् । 

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

शिकारु डाक्टरहरुले चरम लाप्रवाहीपुर्वक बिरामीको अप्रेशन गर्दा विभिन्न नशाहरु काटिएर विरामीको मृत्यु भएको हुनसक्ने आफन्तहरुले बताए । यद्यपी के कारणले विरामीको मृत्यु भएको भन्नेबारे अस्पताल प्रशासनले बताउन नचाहेको त्यहाँ उपस्थीतहरुले बताए । हस्पिटलले विरामीको आफन्तहरुसँग पनि कुनै खालको बार्तालाप गर्न नचाहेको, बरु प्रहरी प्रशासनको बलमा घटना सामसुम पार्न खोजेको बताएका छन् ।  

पहिल्यै देखि सोही हस्पिटलमा चेकजाँच गर्दै आएकी मगरले गत बर्ष जाँच गराउँदा ७ एमएमको पथ्थरी छ, चाँडै अप्रेसन गर्दा पछि समस्या हुन्न भनेर विरामीमा परामर्श गरेको उनको आफन्तले बताए । सोही पथ्थरीको अप्रेसन गर्दा लाप्रवाहीको कारण विरामीको मृत्यु भएको, अप्रेसनको क्रममा ७–८ लाख बढी विल निकालेको, करिव ४० पाउन्ड रगत खोज्न लगाएको र ४ दिन भेन्टीलेटरमा राखेर अन्त्यमा विरामी नरहेको हस्पिटलले बताएको उनका आफन्त बताउँछन् ।  

बेला बेला यस्तै खालका घट्नाहरु घटदै आएको सो हस्पिटलले माफी माग्नु पर्नेमा उल्टै शक्ति प्रयोग गरेर धरपकड गर्न थालेपछि मृतकका आफन्तजनहरु भडकिएका छन् । उनीहरुले यस्तो अस्पताल मध्ये राजधानीमा सञ्चालनमा रहनु नै बिडम्बना भएको र अस्पताल बन्द नै गरिनु पर्ने माग राखेका छन् ।  

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X