सोमबार, मंसिर १५,२०८२ 11:24:39
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 11:24:39
Bizshala
Global IME Bank Limited

अस्ट्रेलियामा होटलको छतबाट हेलिकप्टर खसेपछि...

Hyundai Nepal
अस्ट्रेलियामा होटलको छतबाट हेलिकप्टर खसेपछि...
Shivam Cement

काठमाण्डौ। अस्ट्रेलियाको उत्तरपूर्वी क्षेत्रमा अवस्थित हिल्टन होटलको छतमा सोमबार बिहान एक हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा पाइलटको मृत्यु भएको छ। दुई इन्जिन भएको उक्त हेलिकप्टर केयर्न्सको ट्रपिकल पर्यटकीय स्थलमा रहेको डबलट्री बाइ हिल्टन होटलको छतमा खसेको थियो।

दुर्घटनापछि सयौंलाई होटलबाट सुरक्षित स्थानमा उद्धार गरिएको थियो। अस्ट्रेलियाली प्रहरीले होटल वरपर आपत्कालीन अवस्थाको घोषणा गरेको र दुर्घटनापछि चार सय जनालाई बाहिर निकालिएको जानकारी दिएको छ। हेलिकप्टरको पंखा टुक्रिएर होटलको स्विमिङ पुलमा खसेको एक आपतकालीन सेवा अधिकारीले बताए।

CG Motors
Garima Development Bank
IME remit

हेलिकप्टरमा पाइलट एक्लै सवार रहेको बताइएको छ। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ। तर हालसम्म उनको पहिचान भने खुल्न सकेको छैन्। हेलिकप्टर ठोक्किएको स्थान नजिकैको कोठामा बसिरहेका दुई जनालाई धुवाँले श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना गरिएको छ। 

क्विन्सल्याण्ड एम्बुलेन्सकी सुपरभाइजर क्याटलिन डेनिङले हेलिकप्टरको पंखा खस्दा एउटा पंखा केयर्न्स इस्प्लानेडमा र अर्को पंखा होटलको तल्लो तलामा रहेको स्विमिङ पुलमा खसेको बताइन्। अस्ट्रेलियन ट्रान्सपोर्ट सेफ्टी ब्यूरोको सरकारी विशेषज्ञहरुको टोली दुर्घटनास्थलमा पठाइएको छ।-एजेन्सी

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.