बिहीबार, आश्विन ३,२०८१ 07:38:54
IME remit
  • बिहीबार, आश्विन ३,२०८१ 07:38:54
IME remit
Global IME Bank Limited

भारतमा ‘स्त्री २’ ले कमायो ४ दिनमै २०४ करोड भारु

Hyundai Nepal
भारतमा ‘स्त्री २’ ले कमायो  ४ दिनमै २०४ करोड भारु
Nabil Bank Limited

काठमाण्डौ। भारतीय बक्स अफिसमा सन् २०२४ को रक्षा बन्धन खास भइरहेको छ। प्रदर्शनको चौथो दिन आइतबारसम्म २०४ करोड भारुको नेट कलेक्सन गर्दै श्रद्धा कपुर स्टारर फिल्म ‘स्त्री २’ ले गत वर्ष रिलिज भएको शाहरुख खानको फिल्म ‘पठान’को कमाइसँग बराबरी गरेको छ।

‘पठान’ पछि हिन्दी फिल्म इतिहासमा ‘स्त्री २’ रिलिजको चौथो दिनमा यो आँकडा पार गर्ने दोस्रो फिल्म हो। योसँगै फिल्मले सनी देओलको फिल्म ‘गदर २’ को पाँच दिनमा दुई सय करोड कमाइको रेकर्ड तोडेको छ। फिल्मले रिलिजको चार दिनमै विश्वभर २८३ करोड भारु कमाएको छ।

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

शाहरुख खानको फिल्म ‘जवान’ र रणवीर कपुरको  ‘एनिमल’ हिन्दीमा रिलिज भएका फिल्ममध्ये सबैभन्दा छिटो २०० करोड भारुसहित कमाइको आँकडामा अग्रस्थानमा छन्। यी दुवै फिल्मले रिलिजको तीन दिनमै यो आँकडा पार गरेका थिए।

यसपछि शाहरुख खानको फिल्म ‘पठान’ छ, जसले रिलिजको चार दिनमै भारतको घरेलु बक्स अफिसमा २०० करोड भारु कमाएको थियो। श्रद्धा कपुरको फिल्म ‘स्त्री २’ को पहिलो चार दिनमा नेट कमाइ २०४ करोड भारु पुगेको छ। सोमबार पनि ‘स्त्री २’ को अग्रिम बुकिङ बिहानैदेखि तीव्र छ। 

‘स्त्री २’ यस्तो उपलब्धि हासिल गर्ने पहिलो महिला केन्द्रित फिल्म हो। फिल्मले पहिलो हप्तामै ३०० करोडको आँकडा पार गर्न सक्ने प्रक्षेपण गरिएको छ। -एजेन्सी 

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.