मंगलवार, आश्विन १,२०८१ 01:09:04
IME remit
  • मंगलवार, आश्विन १,२०८१ 01:09:04
IME remit
Global IME Bank Limited

ठगीको अनौठो तरिकाः दानपेटीमा मन्दिरको साटो आफ्नो क्यूआर कोड लगाईरहेका थिए यी व्यक्ति

Hyundai Nepal
ठगीको अनौठो तरिकाः दानपेटीमा मन्दिरको साटो आफ्नो क्यूआर कोड लगाईरहेका थिए यी व्यक्ति
Nabil Bank Limited

काठमाण्डौ । प्रविधिको सहजता र सहज पुहँचले मानिसहरुलाई जति सुविधा प्रदान गरेको छ, त्यत्तिनै जोखिम पनि निम्तएको छ । प्रविधिको निरन्तरको विकाससँगै यसको दुरुपयोग पनि बढिरहेको छ । प्रविधिको आडमा ठग्ने र ठगिने प्रवृत्ति ह्वात्तै बढेको छ ।  

अब हुँदा–हुँदा त मानिसहरुले भगवानलाई समेत ठगिको माध्यम बनाउन थालेका छन् । यस्तै एउटा  चकित पार्ने खबर चीनबाट आएको छ । जहाँ एक जना कानून विषयमा ग्राजुएटले बौद्ध मन्दिरहरुबाट दान रकम चोरी गर्ने नयाँ र अनौठो तरिका अपनाएका छन् । उनी अहिले भने प्रहरीको हिरासतमा छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

रिपोर्टका अनुसार आरोपीले मन्दिरमा लगाइएको क्यूआर कोडलाई आफ्नो व्यक्तिगत क्यूआर कोडमा परिवर्तन गरेका थिए । प्रत्येकपटक जब भक्तहरुले दान गर्थे, उक्त रकम सिधै उनको बैंक खातामा ट्रान्सफर हुन्थ्यो । अनौठो त के भने यी व्यक्तिले चीनको सबैभन्दा प्रतिष्ठत विश्वविद्यालयबाट कानूनमा स्नाकोत्तर डिग्री हासिल गरेका छन् ।  

चाइना साउथ मर्निङ पोष्टको रिपोर्टका अनुसार यो सम्पूर्ण घटनाको भिडियो फु्टेज सार्वजनिक भईसकेको छ । प्रहरीद्वारा जारी गरिएको भिडियोमा भक्तहरु मुर्तिको अघि झुकेर प्राथना गर्दा ती व्यक्तिले दान पेटीको क्यूआर कोड परिवर्तन गरेर आफ्नो क्यूआर कोड राख्ने गर्दथे ।  

रिपोर्टका अनुसार ती व्यक्तिको पहिचान गोप्य राखिएको छ । प्रहरीको फन्दामा परेपछि उनले आफ्नो अपराध स्वीकार गरेका छन् ।  

उनले अन्य प्रान्तहरुमा समेत यस्तै प्रकारको अपराध गरेको रिपोर्टमा उल्लेख छ ।  

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X