काठमाण्डौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन् । आज बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत पाएका पाएका हुन् ।
आचार्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ७० जना प्रदेश सभा सदस्यले मत दिएका छन् । जुन करिब दुई तिहाई हुन आउछ । ८७ सदस्यीय प्रदेशसभामा विपक्षमा जम्मा ११ जनाले मत दिए भने ५ जना अनुपस्थित भए ।
नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन बनेपछि आचार्य गत साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।