काठमाण्डौ। स्मार्ट एप्लाएन्सेस लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले स्वच्छ खानेपानीका लागी सहकार्य गर्ने सहमति भएको छ। दुवैले हस्पिटलमा रहेको बिरामी प्रतिक्षास्थल तथा विश्रामस्थलमा स्वच्छ खानेपानी सेवाकालागी सहकार्य गर्ने सहमति गरेका हुन्।
केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लाएन्सेस प्रा.लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वच्छ पानी स्वस्थ जिन्दगानी भन्ने नारा सहित आगामी दिनहरुमा पनि अन्य अस्पताल तथा स्वास्थ्य केन्द्रहरुसँग सहकार्यगरी निःशुल्क लिभप्युअर आर.ओ. ड्रिङ्किङ वाटर सिस्टम जडान गर्नेे कम्पनीले जनाएको छ।
स्मार्ट एप्लाएन्सेसका डेपुटी सेल्स म्यानेजर कमल कडेल साथै मार्केटिंग एक्जुकुटिव विवेक राठी र अस्पतालका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतको कार्यकक्षमा नर्सिङ डाइरेक्टर उमा श्रेष्ठ समेतको उपस्थितिमा एक औपचारिक समारोहकाबीच दुबै पक्षले सहमति पत्रमा हस्ताक्षर गरी सो सम्झौता गरेको बताइएको छ।
स्मार्ट एप्लाएन्सेस लिमिटेडले थप ३ वटा पोर्टेवल रिवर्स अस्मोसिस मेसिन जडान गरि अस्पतालमा स्वच्छ पिउने पानीको उपलब्धतालाई थप सहज बनाउने ओम हस्पिटलका प्रशासकीय व्यवस्थापक विपिन जङ्गमले बताए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।