बिहीबार, पुष २५,२०८१ 04:11:58
IME remit
  • बिहीबार, पुष २५,२०८१ 04:11:58
IME remit
Global IME Bank Limited

नेशनल फण्ड म्यानेजमेन्टले ११.७२ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने, न्यूनतम मूल्य कति ?

Hyundai Nepal
नेशनल फण्ड म्यानेजमेन्टले ११.७२ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने, न्यूनतम मूल्य कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले ११ लाख कित्ता बढी संस्थापक समूहको अवितरित हकप्रद सेयर बिक्रीमा राख्ने भएको छ । कम्पनीले आगामी भदौ १३ गतेदेखि ११ लाख ७२ हजार कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राख्न लागेको हो ।  

नेशनल फण्ड म्यानेजमेन्टको गत जेठ २५ गतेको विशेष साधारण सभाबाट पारित भई सञ्चालक समितिको निर्णय बमोजिम जेठ ३२ गतेसम्म कायम संस्थापक सेयरधनीहरुका लागि चुक्ता पूँजी ५४ करोडको २ः१ अर्थात ५० प्रतिशत ले हुन आउने प्रति शेयर अंकित मूल्य रु.५० दरको २७ करोड रुपैयाँ बराबरको ५४ लाख कित्ता हकप्रद सेयर असार १९ गतेदेखि साउन २२ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । उक्त निष्काशित सम्पूर्ण सेयरको लागि आवेदन प्राप्त नभई बाँकी रहन गएको सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

सेयर खरिदका लागि हाल कायम संस्थापक सेयरधनी, योग्य व्यक्ति, संघ÷संस्था तथा कम्पनीले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । इच्छुक लगानीकर्ताले भदौ २० गते बैंकिङ्ग समय भित्र धितोपत्र व्यवसायी सानिमा क्यापिटल लिमिटेड नक्सालमा आइपुग्ने गरी प्रतिकित्ता के कति दर रेटमा खरिद गर्ने हो उल्लेख गरि गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नु पर्नेछ ।  

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५० रुपैयाँ र प्रिमियम थप ५० रुपैयाँ गरि कुल १०० रुपैयाँ निर्धारण गरिएको छ । बोलपत्र पेश गर्दा न्यूनतम २० हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।  

नेशनल फण्ड म्यानेजमेन्ट आईपीओ निष्कासनको तयारीमा रहेको छ । कम्पनीले गत जेठ २५ गते विशेष साधारण सभामार्फत आईपीओ निष्कासनको अजेण्डा पारित गरेको छ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.