बिहीबार, आश्विन ३,२०८१ 06:49:59
IME remit
  • बिहीबार, आश्विन ३,२०८१ 06:49:59
IME remit
Global IME Bank Limited

‘नाडा अटो शो’बाट गाडी किन्दा रु. १० लाखसम्म डिस्काउण्ट पाइने, कुन गाडीको कस्तो स्किम ?(सूचीसहित)

Hyundai Nepal
‘नाडा अटो शो’बाट गाडी किन्दा रु. १० लाखसम्म डिस्काउण्ट पाइने, कुन गाडीको कस्तो स्किम ?(सूचीसहित)
Nabil Bank Limited

काठमाण्डौ । नाडा अटो शो सुरु भएलगत्तै विभिन्न ब्राण्डका गाडीहरुमा अवलोकनकर्ताको आकर्षण बढ्दै गएको छ । काठमाण्डौको भृकुटीमण्डपमा भदौ ११ गतेदेखि १६ गतेसम्म आयोजना भएको नाडा अटो शोमा ८० प्रतिशत इभी गाडी राखिएका छन् ।  

अवलोकनकर्ता पनि बढी इभीप्रति नै आकर्षित देखिएका छन् । पछिल्लो समय नेपाली अटोबजार इभीमय बन्दै गएपछि नाडा अटो शोमा पनि विभिन्न कम्पनीहरुले नयाँ–नयाँ मोडलका इभी गाडीहरु सार्वजनिक वा प्रदर्शन गरेका छन् ।

पछिल्लो समय सरकारले अटो सेक्टरमा दिएको छुटसँगै बिजुलीको पर्याप्त उपलब्धता र ठूला ब्यापारिक घरानाहरु विद्युतीय गाडीको बिक्रेता बनेका कारण विद्युतीय (इभी)गाडीको आयात केही वर्षयता ह्वात्तै बढ्न थालेको छ । यसै सिलसिलामा पछिल्लो दुई–तीन वर्षयताका नाडा अटो शोमा डिजेल र पेट्रोलबाट चल्ने सवारी भन्दा इभीहरुको बर्चश्व बढ्दै गएको छ । 

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

प्रदर्शनमा आएका अवलोकनकर्ताले समेत नयाँ–नयाँ मोडलका इभी गाडीहरुको बढी अवलोकन गरेको देखिन्छ । नाडा अटो शोमा विभिन्न ब्राण्डका गाडीहरु न्यूनतम २० लाख रुपैयाँदेखि १ करोड ९० लाख रुपैयाँसम्ममा पाइन्छन् ।  

चाडपर्वलक्षित नाडा अटो शोमा विभिन्न कम्पनीहरुले नाडा अटो शो स्किम समेत ल्याएका छन् । जसमा अवलोकनकर्ताले शो अवधिभर गाडी खरिद गर्न बुकिङ गरेमा उत्कृष्ट छुट प्राप्त गर्नेछन् । अधिकांश कम्पनीहरुले नाडा अटो शो छुट अफर ल्याएका छन् । जहाँ विभिन्न ब्राण्डका गाडी खरिदमा न्यूनतम १० हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्मको छुट प्राप्त गर्न सकिनेछ ।  

स्काइवेल  

जी. मोटर्स प्रालिले भित्र्याएको स्काइवेलका सबै मोडलका गाडीहरुमा छुट पाइन्छ । नाडा अटो शोभरि कम्पनीको सबै मोडलका गाडी खरिद गर्न बुकिङ गरेमा ग्राहकले ५ लाख रुपैयाँसम्मको छु्ट पाउने कम्पनीले जनाएको छ ।  

प्रदर्शनीमा कम्पनीका तीनवटा मोडलका गाडी सार्वजनिक गरिएका छन् । बीई११ का दुई भेरियन्ट र ईटी ५ । यी सबै मोडलका गाडी खरिदमा ग्राहकहरुले ४ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म डिस्काउन्ट पाउनेछन् । बीई ११ को रेगुलर प्राइस ७९ लाख ९० हजार रुपैयाँ र ८९ लाख ९० हजार रुपैयाँ रहेको छ भने इटी ५ को मूल्य १ करोड ९ लाख रुपैयाँ छ ।  

नाडा अटो शोभरि इटी ५ खरिद बुकिङ गरेमा ग्राहकले ५ लाख रुपैयाँ छुट पाउनेछन् भने बीई ११ को ५२० कि.मि. रेञ्ज र ४१० कि.मि. रेञ्ज भएको गाडी खरिदमा ४–४ लाख रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ ।  

महिन्द्रा  

महिन्द्राको आधिकारिक वितरक अग्नी इन्कर्पोरेटले विभिन्न मोडलका गाडीहरु प्रदर्शनमा राखेको छ । कम्पनीले दुईवटा मोडलका गाडी खरिदमा मात्रै नाडा शो अवधिभरी छुट दिने जनाएको छ ।  

कम्पनीले महिन्द्रा स्करपियो एन डिजेल जेड८ ४डब्लुडी एमटी ७ एसटीआर र महिन्द्रा एक्सयूभी ७०० एएक्स ७ एल एमटी पेट एफडब्लुडी ७ एसटीआरमा मात्रै छुट दिने जनाएको छ । स्करपियो एन डिजेलमा २ लाख रुपैयाँ र एक्सयूभी ७०० मा ४ लाख रुपैयाँसम्म छुट दिने कम्पनीले जनाएको छ ।  

स्करपियो एन डिजेलको वास्तविक मूल्य १ करोड १५ लाख ५० हजार रुपैयाँ र एक्सयूभीको मूल्य १ करोड १० लाख रुपैयाँ रहेको छ ।  

हुण्डाई  

हुण्डाईले पनि नाडा अटो शो स्किम ल्याएको छ । जसअन्तर्गत अवलोकनकर्ताले नाडा अटो शोभरि कम्पनीका गाडी खरिदमा उचित छुट पाउनेछन् ।  

हुण्डाईका लागि नेपालको बितरक लक्ष्मी इन्टरकन्टीनेन्टलकाअनुसार क्रेटा गाडी खरिद गरेमा वा बुकिङ गरेमा १० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म छुट पाइनेछ । साथै १ वर्षको लागि इन्स्योरेन्स र एक वर्षकै लागि रोड ट्याक्ससमेत छुट पाइने कम्पनीले जनाएको छ ।  

नेटा  

सिजी मोटर्सअन्तर्गतको नेटा भी गाडीमा पनि छुट पाउन सकिनेछ । नाडा अटो शो अवधिभर कम्पनीले नेटा भी गाडी खरिदमा ४ लाख रुपैयाँसम्म छुट दिने जनाएको छ ।  

कम्पनीले प्रदर्शनमा आउने अवलोकनकर्ताले गाडी खरिद गर्न बुक गरेमा ३५ लाख रुपैयाँमै खरिद गर्न पाउने जनाएको छ । नेटा भीको वास्तविक मूल्य ३८ लाख ९९ हजार रुपैयाँ रहेको छ । जसअनुसार अवलोकनकर्ताले यो अवधिभर ४ लाख रुपैयाँसम्म डिस्काउन्ट अफर पाउनेछन् ।  

कम्पनीले अन्य मोडलका गाडीमा भने छुट दिएको छैन । कम्पनीका अन्य मोडलमा नेटा एक्स ४०० कम्फर्टको मूल्य ५३ लाख ९९ हजार, नेटा एक्स ५०० कम्फर्टको मूल्य ५७ लाख ९९ हजार र नेटा एक्स ५०० लक्जरीको मूल्य ६२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।  

टाटा  

टाटा मोटर्सले पनि आफ्ना विभिन्न मोडलका गाडीहरुमा छुट दिने जनाएको छ । कम्पनीका अनुसार टियागो इभी खरिद गर्दा १ लाख रुपैयाँसम्मको छुट पाउन सकिनेछ । साथै थाइल्याण्ड टुरको पनि सुविधा हुने कम्पनीले जनाएको छ ।  

यसका साथै पेट्रोल तथा इन्धनबाट चल्ने टाटा नेक्सन गाडी खरिदमा पनि ३ लाख रुपैयाँसम्मको छुट पाउन सकिने कम्पनीले जनाएको छ । यसका साथै पेट्रोलबाटै चल्ने टाटा पञ्च खरिदमा पनि डेढ लाख रुपैयाँसम्मको छुट पाइने कम्पनीले जनाएको छ ।  

टाटा टियागो इभीको मूल्य २७ लाखदेखि २९ लाख रुपैयाँ, टाटा नेक्सनको मूल्य ४४ लाख रुपैयाँदेखि ५७ लाख रुपैयाँ र टाटा पन्चको मूल्य ३४ लाख रुपैयाँदेखि ४४ लाख रुपैयाँसम्म छ ।  

सिट्रोन  

सिट्रोनले पनि आफ्ना विभिन्न मोडलका गाडीहरुमा छुट अफर ल्याएको छ । कम्पनीकाअनुसार ‘ई–सी३ शाइन’ इभी गाडीमा १ लाख २५ हजार रुपैयाँसम्म छुट दिने जनाएको छ । जसको वास्तविक मूल्य ३५ लाख ९९ हजार रुपैयाँ रहेको छ ।  

त्यस्तै, पेट्रोलबाट चल्ने सिट्रोन सी–३मा १ लाख ५० हजार रुपैयाँ छुट दिने कम्पनील जनाएको छ । जसको वास्तविक मूल्य ३६ लाख ४९ हजार रुपैयाँ रहेको छ ।  

यता सी–५ एयरक्रस मोडलको गाडी खरिद बुकिङ गरेमा भने १० लाख रुपैयाँसम्मको छुट पाइने कम्पनीले जनाएको छ । जसको वास्तविक मूल्य १ करोड रुपैयाँ रहेको छ ।  

किया सेल्टस  

कियाका विभिन्न मोडलका गाडीहरुमा पनि छुट पाउन सकिनेछ । कम्पनीका अनुसार ईभी६ गाडी खरिदमा ३ लाख रुपैयाँ छुट पाउन सकिनेछ । जसको वास्तविक मूल्य १ करोड २५ लाख ९० हजार रुपैयाँ रहेको छ ।  

त्यस्तै, सेल्टस गाडी खरिदमा १ लाख रुपैयाँ छुट पाउन सकिनेछ । जसको वास्तविक मूल्य ७६ लाख ९० हजार रुपैयाँ छ ।  

यता सोनेटमा भने कम्पनीले ७५ हजार रुपैयाँ छुट दिनेछ । जसको वास्तविक मूल्य ६१ लाख ९० हजार रुपैयाँ छ ।  

रिडारा

सिजी मोटर्स अन्तर्गतको रिडारा ब्राण्डको गाडी खरिदमा पनि अवलोकनकर्ताले उत्कृष्ट छुट पाउनेछन् । कम्पनीका अनुसार आरओ ६ मोडलको गाडी खरिद गर्दा २ लाख रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ । जसको वास्तविक मूल्य ६५ लाख रुपैयाँ रहेको छ ।  

एओन

त्यस्तै, सिजी मोटर्सको अर्को ब्राण्ड एओन मोडलका गाडीमा पनि छुट पाउन सकिनेछ । कम्पनीका अनुसार एओन वाई मोडलको गाडी खरिदमा २ लाख रुपैयाँसम्म छुट पाउन सकिनेछ । जसको वास्तविक मूल्य ५८ लाख ५० हजार रुपैयाँ रहेको छ ।  

बिवाइडी

बिवाइडीका गाडीमा भने क्यास डिस्काउन्ट नहुने कम्पनीले जनाएको छ । तर, बिवाइडी अट्टो ३ खरिदमा इन्स्योरेन्स, प्रोटेबल चार्जर, र भिटोल केबल छुट पाइनेछ । साथै बिवाइडी डल्फिन खरिदमा इन्स्योरेन्स र प्रोटेबल चार्जर छुट पाइने कम्पनीले जनाएको छ ।  

लिपमोटर  

लिपमोटरले पनि आफ्नो ब्राण्डको गाडी खरिदमा उत्कृष्ट छुट दिने जनाएको छ । नाडा अटो शोभर कम्पनीको गाडी खरिदमा ४ लाख रुपैयाँसम्म छुट पाइने कम्पनीले जनाएको छ ।  

कम्पनीको सी–१० ब्राण्डको गाडी खरिदमा अवलोकनकर्ताले ४ लाख रुपैयाँ छुट पाउनेछन् । जसको वास्तविक मूल्य ७२ लाख रुपैयाँ रहेको छ । शो अवधिभर खरिद बुकिङ गरेमा ६८ लाख रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।  

सुजुकी  

सुजुकीले पनि आफ्ना विभिन्न ब्राण्डका गाडीहरुमा छुट दिने जनाएको छ । कम्पनीले विभिन्न मोडलका गाडीमा १ लाख रुपैयाँसम्म छुट दिने जनाएको छ ।  

यसका साथै कम्पनीका अनुसार नाडा अटो शो अवधिभर स्क्र्याच कार्ड अफर पनि ल्याएको छ । जसअन्तर्गत अवलोकनकर्ताले २५ हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्मको डिस्काउन्ट पाउनेछन् ।  

कम्पनीका अनुसार अल्टो के–१० सिरिज खरिदमा ५० हजार रुपैयाँ, वागन आर सिरिजमा ७० हजार रुपैयाँ, सेलेरियो सिरिजमा ७० हजार रुपैयाँ, इको कार्गो खरिदमा ५० हजार रुपैयाँ, इको भ्यान सिरिजमा ७० हजार रुपैयाँ, ब्रिजा र फ्रोन्स्क सिरिजमा १ लाख रुपैयाँसम्म डिस्काउन्ट पाइने कम्पनीले जनाएको छ ।  

केई  

केई ब्राण्डका गाडीहरुमा पनि अवलोकनकर्ताले छुट पाउन सक्नेछन् । कम्पनीका अनुसार ई–क्वीट ०४ मोडलको गाडीमा ५० हजार रुपैयाँसम्म छुट पाउन सक्नेछन् । जसको वास्तविक मूल्य २४ लाख ९६ हजार रुपैयाँ रहेको छ । साथै एक वर्षको लागि इन्स्योरेन्स र रोड ट्याक्सको पनि सुविधा रहेको कम्पनीले जनाएको छ ।  

जीकर एक्स  

जीकर एक्स ब्राण्डको गाडी खरिदमा ग्राकहरुले उत्कृष्ट छुट पाउने कम्पनीले जनाएको छ । जीकर एक्सको विभिन्न मोडलका गाडीको वास्तविक मूल्य ८९ लाख ९९ हजार रुपैयाँदेखि १ करोड ५९ करोड रुपैयाँसम्म छ ।  

कम्पनीले नाडा अटो शो अवधिभर उक्त गाडीको मूल्य छुट दिएर ७९ लाख ९९ हजार रुपैयाँदेखि १ करोड ४९ लाख ९९ हजार रुपैयाँसम्म राखेको छ । जसअनुसार ग्राकहरुले डी सो ब्राण्डका गाडी खरिद गर्दा १० लाख रुपैयाँसम्म छुट पाउनेछन् ।  

दिपल

दिपल ब्राण्डका गाडीमा पनि ग्राकहरुले नाडा अटो शो अवधिभर खरिद गर्दा छुट पाउन सक्नेछन् । कम्पनीकाअनुसार दिपल एसओ ०७ खरिद गर्दा ग्राकहले ३ लाख रुपैयाँसम्म छुट पाउन सक्नेछन् । सो ब्राण्डको वास्तविक मूल्य ७४ लाख ९९ हजार रुपैयाँ रहेकोमा छुटपछि कम्पनीले ७१ लाख ९९ हजार रुपैयाँ दिने जनाएको छ ।  

अवतार  

अवतार ११ ब्राण्डको गाडी खरिदमा पनि अवलोकनकर्ताले ३ लाख रुपैयाँसम्म छुट पाउने कम्पनीले जनाएको छ । कम्पनीले नाडा अटो शोमा उक्त गाडीको अफर प्राइस १ करोड ४२ लाख रुपैयाँ राखेको छ । जसको वास्तविक मूल्य भने १ करोड ४५ लाख रुपैयाँ रहेको छ ।  

एक्सपेङ जी–६  

एक्सपेङ जी६ मोडलको गाडी खरिदमा पनि ५० हजार रुपैयाँदेखि ९० हजार रुपैयाँसम्म छुट पाउन सकिनेछ । कम्पनीकाअनुसार जी ६ मोडलको गाडीको वास्तविक मूल्य ८४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।  

बीएडब्लु ब्रम्बी  

बीएडब्लुको ह्याचब्याक ब्रम्बी कार खरिदमा पनि छुट पाउन सकिनेछ । कम्पनीका अनुसार नाडा अटो शो अवधिभर सो ब्राण्डको गाडी खरिदमा १ लाख १० हजार रुपैयाँ छुट पाउन सकिनेछ । ब्रम्बी गाडीको वास्तविक मूल्य २३ लाख रुपैयाँ रहेको छ । नाडा अटो शो मा भने डिस्काउन्ट प्राइज २१ लाख ९० हजार रुपैयाँ राखिएको छ ।  

हेन्रीको भोल्ट्स  

हेन्रीको भोल्ट्स गाडीमा पनि अवलोकनकर्ताले २ लाख ५ हजार रुपैयाँसम्म छुट पाउन सक्नेछन् । कम्पनीकाअनुसार भोल्ट्सको वास्तविक मूल्य २८ लाख रुपैयाँ रहेको छ भने नाडा अटो शो प्राइस भने २५ लाख ९५ हजार रुपैयाँ रहेको छ ।  

एमजी इभी  

एमजी ब्राण्डका इभी गाडीमा पनि छुट रहेको छ । अवलोकनकर्ताले सो ब्राण्डका गाडी खरिद गर्दा ६ लाख रुपैयाँसम्म छुट पाउन सक्नेछन् । कम्पनीका अनुसार एमजी जेड एस इभी गाडी खरिद गर्दा ६ लाख रुपैयाँ छुट पाउन सकिनेछ । जसको वास्तविक मूल्य ५२ लाख ९९ हजार रुपैयाँ छ । छुट मूल्य भने ४६ लाख ९९ हजार रुपैयाँ छ ।  

त्यस्तै, एमजी ४ इभी गाडी खरिदमा भने १ लाख रुपैयाँ छुट पाउन सकिनेछ । कम्पनीले सो ब्राण्डको अफर प्राइस ४८ लाख ९९ हजार रुपैयाँ राखेको छ । जसको वास्तविक मूल्य ४९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।  

ओमोडा  

ओमोडा ब्राण्डका गाडीमा पनि ग्राकहरुले १ लाख ५० हजार रुपैयाँसम्म छुट पाउनसक्ने कम्पनीले जनाएको छ । कम्पनीले ओमोडाको तीनवटा भेरियन्टका गाडी नाडा अटो शोमा राखेको छ ।  

जसमा आमोडा इएस डुअल टोनको मूल्य ६२ लाख ४९ हजार, ओमोडा इ एसको मूल्य ६१ लख ९९ हजार र ओमोडा इएस (डीएलएक्स)को मूल्य ५५ लाख ९९ हजार रुपैयाँ रहेको छ ।  

साथै कम्पनीकै अर्को मोडल जाइको जे ६ गाडी खरिदमा भने ३ लाख रुपैयाँसम्म छुट पाइने कम्पनीले जनाएको छ । सो मोडलको वास्तविक मूल्य ६९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.