मंगलवार, असार १७,२०८२ 01:39:22
  • मंगलवार, असार १७,२०८२ 01:39:22
Global IME Bank Limited

बाराही हाइड्रोपावरले डाक्यो साधारण सभा, हकप्रद जारी गर्ने मुख्य अजेण्डा

Hyundai Nepal
बाराही हाइड्रोपावरले डाक्यो साधारण सभा, हकप्रद जारी गर्ने मुख्य अजेण्डा
Nabil Bank Limited

काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले नवौं बार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

उक्त सभा आगामी असोज १८ गते शुक्रबारका दिन काठमाण्डौको कलंकीमा रहेको गौरव इभेन्ट्समा बिहान ८ बजेदेखि आयोजना हुनेछ । सभामा हकप्रद जारी गर्ने र यसका लागि आईपर्ने कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तसम्मको वासलात र सोहि मितिमा समाप्त आव २०८०/८१ को नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु छलफल गरि पारित गर्ने, र आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी असोज १० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.