Bizshala
  • सोमबार, असार २२,२०८३ 11:28:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

टिभिएसको रेडर, एनटर्क र रेडिअन बाइक तथा स्कूटीका फ्युल इन्जेक्सन भेरियन्ट अब नेपालमा

Laxmi Sunrise Bank Limited
टिभिएसको रेडर, एनटर्क र रेडिअन बाइक तथा स्कूटीका फ्युल इन्जेक्सन भेरियन्ट अब नेपालमा

काठमाण्डौ । विश्वव्यापीरूपमा टू–ह्विलर तथा थ्री–ह्विलरको ख्यातिप्राप्त निर्माता टिभिएस मोटर कम्पनीले २०२४ टिभिएस रेडर (एफआइ), टिभिएस एनटर्क डिस्क फ्युल इन्जेक्सन भेरियन्ट र टिभिएस रेडिअन(एफआइ) नेपालमा सार्वजनिक गरेको छ।

यी नयाँ उत्पादनकासाथ टिभिएस मोटर कम्पनीले उत्साहीहरुलाई मात्र शक्तिशाली सवारी नभई सहज र इकोफ्रेन्ड्ली सवारी दिने ग्यारेन्टी पनि गरेको छ । 

New Office
CG Motors
Garima Development Bank

टिभिएसले यी फ्युल इन्जेक्सन भेरियन्टका टू–ह्विलरहरु बिएस ( भिआइएफआइ प्लेटफर्ममा, जुनसुकै सवारी परिस्थितिमा पनि उत्साहीलाईअद्भुत र रमाइलो अनुभव सुनिश्चित गर्न विशेष रुपमा डिजाइन गरिएको छ।

यी नयाँ उत्पादनहरु एडभान्स्ड इन्जिनियरिङ र स्टाइलिश डिजाइनका साथ उत्कृष्ट प्रदर्शनका लागि नयाँ पुस्ताका राइडरहरुलाई ध्यानमा राखी बनाइएको कम्पनीले जनाएको छ।

टिभिएस मोटर कम्पनीका उपाध्यक्ष(इन्टरनेसनल बिज्नेस) राहुल नायकले यस अवसरमा भने-'हामी हाम्रो मिलेनियल र डिजीटलाइजेसनमा निर्भर जेनजी ग्राहकहरुका लागि  स्कुटर र मोटरसाइकल दुवै क्षेत्रमा जहिले नयाँ शैली र नयाँ सुविधायुक्त, आउने पीढिलाई उपयुक्त हुनेगरी आफ्नो उत्पादनहरु अघि बढाउँछौ। नेपाल सधैँ हाम्रो लागि एउटा मुख्य व्यापार केन्द्र रहेको छ र टिभीएस राइडर (एफआइ), टिभीएस एनटर्क (एफआइ) र टिभिएस रेडिआन(एफआइ) को नयाँ भेरियन्ट नेपालमा सार्वजनिक गर्न पाउँदा हामीअत्यन्तै खुसी छौं। यी नयाँ मोडेलहरूको अनौठो डिजाइन, प्रदर्शन र प्रविधिले हाम्रो नवीनताप्रति प्रतिबद्धता देखाउँछ।यो विशेष रूपमा रोमाञ्चकता, आराम, र आधुनिक सवारी अनुभव खोज्ने राइडरहरूका लागि बनाइएको साधन हो ।'

जगदम्बा मोटर्स प्रालिका कार्यकारी निर्देशक अखिल गुप्ताले सो अवसरमा भने-'नेपालमा विगत ९ वर्षदेखि टिभिएस मोटर कम्पनीका आधिकारिक वितरकको रूपमा हामी फेरि ब्रान्डसँग साझेदारी गर्न पाउँदा खुसी छौं।टिभिएस मोटरले सधैं हाम्रा नेपाली ग्राहकहरूको आवश्यकतालाई पूरा गर्ने उत्पादनहरू प्रस्तुत गरेको छ।हामीलाई विश्वास छ, हाम्रा ग्राहकहरुलाई यी नयाँ भेरियन्टहरूले चित्त बुझ्नेछ र यसको प्रस्तुतिले नेपालमा टिभिएस कम्पनीको पकड अझ मजबुत पार्नेछ।'

टिभिएस रेडर एफआइको मूल्य रु २,९२,९००, टिभिएस एनटर्क एफआइको मूल्य रु २,७९,९०० तथा टिभिएस रेडिअन एफआइको मूल्य रु २,३६,९०० तोकिएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.