काठमाण्डौ । ग्रिन डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । आज बैंकको १ लाख ९७ हजार २२० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
बैंकल आव २०७८/७९ सम्मको मुनाफाबाट ३.८ प्रतिशत बोनस सेयर र ०.२० प्रतिशत नगद लाभांश गरी कुल ४ प्रतिशत लाभांश वितरण गरेको थियो । सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
अब आइतबारबाट बैंकको उक्त सेयर दोस्रो बजार कारोबारमा आउनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।