बुधबार, माघ २३,२०८१ 11:45:26
IME remit
  • बुधबार, माघ २३,२०८१ 11:45:26
IME remit
Global IME Bank Limited

बीमा कम्पनीलाई चुक्तापुँजी बढाउने बाटो खुल्यो, २ वटाले हकप्रदको अनुमति पाएपछि ७ वटा सेबोनको पाइपलाइनमा

Hyundai Nepal
बीमा कम्पनीलाई चुक्तापुँजी बढाउने बाटो खुल्यो, २ वटाले हकप्रदको अनुमति पाएपछि ७ वटा सेबोनको पाइपलाइनमा
Nabil Bank Limited

काठमाण्डौ । बीमा कम्पनीहरुलाई पुँजी बृद्धि गर्ने बाटो खुलेको छ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउन निर्देशन दिएको थियो ।  

प्राधिकरणको निर्देशनबमोजिम अधिकांश बीमा कम्पनीहरुले पुँजी बृद्धि प्रयोजनकै लागि भएपनि हकप्रदको बाटो रोजका थिए । तर नेपाल धितोपत्र बोर्ड ९सेबोन०मा लामो समयसम्म स्थायी अध्यक्ष नहुँदा धितोपत्र निष्कासनको प्रक्रिया रोकिएको छ ।  

जसबमोजिम विभिन्न कम्पनीहरुले आईपीओ, एफपीओ, हकप्रद लयायत अन्य धितोपत्र निष्कासन गर्न पाएका छैनन् । बीमा कम्पनीहरुले हकप्रद जारी गर्न सेबोनमा निवेदन दिएपनि लामो समयसम्म अनुमति पाएका छैनन् । हकप्रद जारी गर्न नपाएपछि प्राधिकरणले तोकेको चुक्तापुँजी समेत समयमै बढाउन नसकेका हुन् ।

Bizshala
CG Motors
Sagarmatha Cement

हाल धितोपत्र बोर्डमा अर्थमन्त्रालयको प्रतिनिधि अध्यक्षको रुपमा महेश बराल छन् । लामो समयदेखि धितोपत्र निष्कासनको अनुमति माग्दै बोर्डको पाइपलाइनमा रहेका कम्पनीको फाइल अगाडी बढाउने बरालले बताएका छन् । कम्पनीहरुको वित्तीय अवस्था हेरेर स्वीकृतिका लागि प्रक्रिया अघि बढाउने बरालले बताएका छन् ।  

जसबमोजिम आज मात्रै दुईवटा बीमा कम्पनीले हकप्रद निष्कासनको लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । यसर्थमा अब हकप्रद निष्कासनको अनुमति माग्दै बोर्डको पाइपलाइनमा रहेका बीमा कम्पनीहरुको लगातार हकप्रद निष्कासनको बाटो खुल्नेछ र पुँजी बृद्धिको प्रक्रिया समेत अघि बढ्नेछ ।  

बीमा कम्पनीहरुमध्ये सबैभन्दा पहिला हकप्रदको लागि अनुमति माग्ने लाइफ इन्स्योरेन्स कर्पोरेशन ९नेपाल० लिमिटेडले कायम चुक्तापुँजीको ८८.४५ प्रतिशत हकप्रद जारी गर्न बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १ः०.८८ अनुपातमा राइट सेयर जारी गर्नेछ ।  

कम्पनीले अब २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको २ करोड ३४ ६८ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ख रहेको छ । हकप्रदपश्चात् कम्पनीको चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।  

त्यस्तै, एनएलजी इन्स्योरेन्सले पनि ६६ प्रतिशत हकप्रद जारी गर्न अनुमति पाएको छ । कम्पनीले अब १०ः६.६ अनुपात अर्थात ९६ करोड ३१ लाख रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२० कित्ता हकप्रद जारी गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । हकप्रदपछि कम्पनीको चुक्तापुँजी साढे २ अर्ब रुपैयाँ पुग्नेछ ।  

योसँगै अब अन्य बीमा कम्पनीहरुले पनि हकप्रद निष्कासनको अनुमति पाउने देखिन्छ । दुई कम्पनीले अनुमति पाएपछि अब बोर्डको पाइपलाइनमा ७ वटा बीमा कम्पनी छन् । जसमा ४ वटा निर्जीवन र तीन जीवन बीमा कम्पनी रहेका छन् ।  

Muktinath Bikas Bank Limited

जीवन बीमातर्फ  

जीवन बीमातर्फ अब तीनवटा कम्पनी बोर्डको पाइपलाइनमा छन् । सन नेपाल लाइफ, एशियन लाइफ र प्रभु महालक्ष्मी लाइफ । यी तीनवटै कम्पनीले पुँजी बढाउन हकप्रदको बाटो रोजेका हुन् ।  

सन नेपाल लाइफले १ः०।२७ अनुपातमा हकप्रद निष्कासन गर्ने अनुमति मागेको छ । बोर्डबाट स्वीकृति पाएमा कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद जारी गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैकिङ्ग रहेको छ ।  

यसका साथै एशियन लाइफ इन्स्योरेन्सले पनि पूँजी बृद्धि प्रयोजनका लागि १ः०।४२ अनुपातमा अर्थात् चुक्तापुँजीको ४२ प्रतिशत हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख रुपैयाँ बराबरको १ करोड ४२ लाख ७९ हजार कित्ता हकप्रद जारी गर्न अनुमति मागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।  

त्यस्तै, प्रभु महालक्ष्मी लाइफले पनि २०८० साल फागुन २२ गते हकप्रद निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको थियो । कम्पनीले कायम चुक्तापुँजीको १७ प्रतिशत अर्थात् १ः०।१७ अनुपातमा हकप्रद जारी गर्न अनुमति मागेको हो । बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले ७३ करोड ३ लाख २० हजार रुपैयाँ बराबरको ७३ लाख ३ हजार २०० कित्ता हकप्रद जारी गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।  

निर्जीवनतर्फ  

निर्जीवनतर्फ कुल ५ वटा कम्पनीले हकप्रद निष्कासनको अनुमति मागेकोमा एनएलजीले अनुमति पाइसकेको छ । अब ४ वटा कम्पनी बोर्डको पाइपलाइनमा छन् ।  

नेको इन्स्योरेन्सले कायम चुक्तापुँजीको २५ प्रतिशत अर्थात् १ः०.२५ अनुपातमा हकप्रद जारी गर्न अनुमति मागेको छ । बोर्डबाट स्वीकृती पाएमा कम्पनीले ५० करोड ३० लाख ९० हजार रुपैयाँ बराबरको ५० लाख ३० हजार ९०१ कित्ता हकप्रद जारी गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।  

यसका साथै प्रभु इन्स्योरेन्सले पनि कायम चुक्तापुँजीको ५० प्रतिशत अर्थात् १ः०.५०१५ अनुपातमा ८३ करोड ५० लाख १३ हजार रुपैयाँ बराबरको ८३ लाख ५० हजार १३५ कित्ता हकप्रद जारी गर्न अनुमति मागेको हो ।  

यता नेपाल इन्स्योरेन्सले पनि चुक्तापूँजी बढाउनकै लागि कायम चुक्तापुँजीको ४० प्रतिशत हकप्रद जारी गर्न सेबोनसँग अनुमति मागेको छ । कम्पनीले १०ः४ अनुपातमा हकप्रद जारी गर्न गत असार २४ गते सेबोनमा निवेदन पेश गरेको थियो । बोर्डबाट अनुमति पाएपछि कम्पनीले ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँ बराबरको ६५ लाख ७६ हजार ९३७ कित्ता हकप्रद जारी गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ ।

यसका साथै युनाइटेड अजोड इन्स्योरेन्सले पनि १५ प्रतिशत हकप्रद निष्कासनको लागि बोर्डसँग अनुमति मागेको छ । कम्पनीले ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता हकप्रद जारी गर्न सेबोनसँग स्वीकृति मागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।  

पुनर्बीमा कम्पनीतर्फ हिमालयन रि को हकप्रद आउँदै  

नेपालमा हाल २ वटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन् । नेपाल रि इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्सलाई नेपाल बीमा प्राधिकरणले २० अर्ब चुक्तापूँजी  पुर्याउन निर्देशन दिएको छ ।  

प्राधिकरणले एक वर्षभित्र अर्थात् २०८१ माघ महिनासम्म नेपाल र हिमालयन रि लाई २० अर्ब पुँजी पुर्याउन भनेको छ । पूँजी वृद्धिको योजना दुई पुनर्बीमा कम्पनीलाई पेश गर्न निर्देशन दिएपश्चात् हिमालयन रि इन्स्योरेन्सले भने बोनस सेयर बाँडेर हकप्रद निष्कासन गर्ने योजना पेश गरेको छ ।  

हिमालयन रि इन्स्योरेन्सले गत आवको मुनाफाबाट ४ प्रतिशत दरको ४० करोड रुपैयाँ बराबरको बोनस वितरणपछि हकप्रद जारी गर्ने योजना बनाएको छ । बोनसपश्चात् कायम हुन आउने चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँबाट कम्पनीले १ः०.८० अनुपात अर्थात ८० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ ।  

कम्पनीले सेबोनमा ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न अनुमति पेश तयारी गरेको छ । हकप्रदपश्चात् कम्पनीको चुक्तापूँजी १८ अर्ब ७२ करोड रुपैयाँ पुग्नेछ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.